सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मकवानपुरका ग्रामीण क्षेत्रमा चुनावी चहलपहल


  •    न्युजभित्तो/१० माघ २०८२, शुक्रबार ११:४१ 
  • वाग्मती, ९ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएकाहरू मकवानपुरका गाउँगाउँमा मतमाग्न पुगेपछि त्यहाँ चुनावी चहलपहल पनि प्रारम्भ भएको छ । 

    विभिन्न पार्टीका स्थानीय मात्र होइन केन्द्रीय तहका नेता घरदैलो गर्न थालेसँगै गाउँबस्ती गुलजार भएका छन् । आफ्ना आन्तरिक बैठक र  छलफलसँगै मतदाताका घरआँगनमा आफूहरु उम्मेदवारका साथ पुगेको नेपाली कांग्रेस हेटौँडा नगरसमितिका सभापति उत्सव इटेनीले बताउनुभयो । 

    नेपाली कम्युनिष्ट पार्टी मकवानपुरका नेता सर्केश घलान पनि  दलका नेता कार्यकर्ताका साथ उम्मेदवार गाउँगाउँ पुगेकाले निर्वाचनको वातावरण बनेको उहाँले बताउनुभयो । 

    मकवानपुरमा दुई वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र छन् । दुवै निर्वाचन क्षेत्रमा पुराना र नयाँ उम्मेदवारहरु प्रतिस्पर्धामा छन् । 

    मकवानपुर क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट महालक्ष्मी उपाध्याय, नेकपा एमालेका केन्द्रीय सदस्य  रामेश्वर राणा, नेपाली कम्युनिष्ट पार्टीका विजय गौतम, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रकाश गौतम, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०बाट निवर्तमान सांसद दीपकबहादुर सिंह, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट तेजप्रसाद उप्रेती र श्रम संस्कृति पार्टीबाट विद्या श्रेष्ठसहित २३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । 

    यसैगरी, क्षेत्र नम्बर २ मा नेकपा एमालेबाट एमालेका केन्द्रीय सदस्य महेशकुमार बर्तौलाले उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँसँगै सो क्षेत्रमा नेपाली कांग्रेसबाट बुद्ध लामा, नेपाली कम्युनिष्ट पार्टीबाट लवशेर विष्ट, रास्वपाबाट प्रशान्त उप्रेती, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रामबहादुर थोकर, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट सन्तोष विष्ट र श्रम संस्कृति पार्टीबाट युनिश लामासहित २१ जना उम्मेदवार चुनावी मैदानमा छन् । 

    वाग्मती प्रदेश निर्वाचन कार्यालयका अनुसार  मकवानपुरमा  एक लाख ६१ हजार ९५३ पुरुष, एक लाख ५३ हजार ३७६ महिला र अन्य पाँच गरी कूल तीन लाख १५ हजार ३३४ जना मतदाता कायम छन् । रासस 

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    करदाता प्रोत्साहन उपहारः दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा
    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
    ‘परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ’
    • बाघ र चितुवा अनुगमन गर्न क्यामरा जडान
    • २५० रुपैयाँको सामान किन्दा ग्राहकले जिते १० लाखको बम्पर उपहार
    • सुनको मोल तोलामा आठ हजारले वृद्धि
    • अब दुई घण्टामा नारायणगढदेखि बुटवल सरर ….

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.