सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राससकर्मीका लागि तनाव व्यवस्थापन अभ्यास


  •    न्युजभित्तो/९ माघ २०८२, बिहीबार १५:५७ 
  • काठमाडौँ, ८ माघ । दैनिक समाचार लेखन र सम्पादनमा व्यस्त रहनुपर्ने राष्ट्रिय समाचार समितिका सम्पादक, समाचारदाता र कर्मचारी आज करिब एक घण्टा तनाव व्यवस्थापनको अभ्यासमा केन्द्रित भएका छन् ।

    तनावका कारण र व्यवस्थापनका विषयमा आफ्ना अनुभव प्रस्तुत गर्न योग तथा पुनःस्थापना विशेषज्ञ डा विनोद घिमिरे रासस केन्द्रीय कार्यालय भद्रकाली परिसर आउनुभएको थियो । उहाँले भन्नुभयो, “हरेक व्यक्तिमा केही न केही तनाव र समस्या हुन सक्छन्, तर त्यसलाई तनावभन्दा पनि परिस्थितिका रूपमा सहजतापूर्वक लिएर स्वीकार गर्नु उत्तम विकल्प हो ।” 

    घिमिरेले तनाव तथा समस्या समाधानमा अपनाउनुपर्ने सूत्रबद्ध विधिहरूका बारेका अभ्यास गराउनुभएको थियो । त्यसक्रममा राससका महाप्रबन्धक सन्दिप राईले डा घिमिरेको प्रस्तुतिबाट राससकर्मीलाई तनाव व्यवस्थापनबारे थप ज्ञान मिलेको विश्वास व्यक्त गर्नुभयो । रासस सञ्चालक समिति सदस्य एवं आलेख शाखा प्रमुख कृष्ण अधिकारीले तनाव व्यवस्थापनसम्बन्धी सैद्धान्तिक र व्यवहारिक ज्ञानलाई जीवन व्यवहारमा उतार्न सकेको खण्डमा तनाव कम हुने बताउनुभयो । 

    भारतको बैङ्लोरस्थित स्वामी विवेकानन्द योग अनुसन्धान संस्थानबाट सन् २०१६ मा ‘योग तथा पुनःस्थापना’मा एमडी गर्नुभएका डा घिमिरे विशेषगरी तनाव चिकित्सासम्बन्धी प्रशिक्षण र अनुसनधानमा सक्रिय रहँदै आउनुभएको छ । रासस 

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन
    • भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    • लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    • वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.