सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कञ्चनपुरका ६६ मतदानस्थल अति संवेदनशील


  •    न्युजभित्तो/९ माघ २०८२, बिहीबार १५:५३ 
  • दोधारा चाँदनी (कञ्चनपुर), ८ माघ । जिल्लाका ६६ वटा मतदानस्थललाई अति संवेदनशीलको सूचीमा राखिएको छ । सुरक्षाका दृष्टिकोणले मतदानस्थललाई अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन तहमा वर्गीकरण गरी सोहीअनुरुप सुरक्षाको व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । 

    प्रहरीका अनुसार १३२ मतदानस्थलमध्ये ६६ वटालाई अति संवेदनशील, ४० संवेदनशील र २६ मतदानस्थललाई सामान्यको सूचीमा राखिएको छ । “हामीले एकीकृत सुरक्षा योजना बनाएर निर्वाचन सुरक्षाको तयारी गरेका छौँ । यसमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी सुरक्षामा खटिनेछन्”, जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक खडकबहादुर खत्रीले भन्नुभयो, “सुरक्षाका दृष्टिकोणले महत्वपूर्ण मानिएका मतदानस्थल संवेदनशील क्षेत्रका रूपमा रहेका छन् ।” 

    कञ्चनपुर भारतसँग सीमा जोडिएको जिल्ला भएकाले पनि अतिसंवेदनशील मतदनास्थलको सङ्ख्या बढी रहेको उहाँले बताउनुभयो । मतदानस्थलको सुरक्षा व्यवस्थालाई चुस्तदुरुस्त बनाउनका लागि तीन तहमा सुरक्षा घेराको निर्माण गरिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार मतदानस्थलको भित्री घेरामा नेपाल प्रहरी, म्यादी प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेनालाई खटाइने छ ।

    तीन वटा निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा क्षेत्र नं १ मा ३४ वटा अतिसंवेदनशील, क्षेत्र नं २ मा १७ वटा अतिसंवेदनशील र क्षेत्र नं ३ मा १५ वटा अतिसंवेदनशील मतदानस्थल रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन
    • भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    • लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    • वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.