सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कार्यकारी अध्यक्ष झाद्वारा इटहरीस्थित राससको जग्गा निरीक्षण


  •    न्युजभित्तो/९ माघ २०८२, बिहीबार १५:५१ 
  • इटहरी (सुनसरी, ८ माघ । राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले इटहरीस्थित राससको स्वामित्वमा रहेको जग्गा निरीक्षण गर्नुभएको छ ।

    बागमती, मधेस र कोशी प्रदेशअन्तर्गतका रासस कार्यलयहरूको निरीक्षण भ्रमणका क्रममा इटहरी पुग्नुभएका कार्यकारी अध्यक्ष झाले इटहरी उपमहानगरपालिका–४ मा रहेको सो जग्गाको निरीक्षण गरी संरक्षणका लागि पहल गर्नुभएको हो । सो अवसरमा उहाँले इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलसँग भेटी तारबारसहित सो जग्गाको संरक्षण तथा व्यवस्थापनका लागि अनुरोध गर्नुभयो ।

    कार्यकारी अध्यक्ष झाले भन्नुभयो,“सीमित स्रोतसाधनका बावजुद् राससले साढे छ दशकदेखि निरन्तररुपमा खटिएर सत्यतथ्य, निष्पक्ष र आधिकारिक समाचार सम्प्रेषण गरी आमजनतालाई सुसूचित गराउँदै आएको यहाँलाई अवगत नै छ । बजेट अभावका कारण इटहरीस्थित राससको जग्गा बेवारिसे जस्तै बन्न पुगेकाले त्यसको संरक्षणका लागि सहयोगको अपेक्षा गरेको छु । यसो हेर्दा वरपर बजार तथा बस्ती विस्तार भई लोभलाग्दो अवस्थामा पुगेको सो जग्गा हिनामिना हुन नदिन तारबार गरिहाल्नुपर्ने देखिन्छ । यस अवस्थामा तारबारसहित माटो भर्ने कामका लागि विशेष अनुरोध गर्दछु ।”

    उहाँले पूर्वी नेपालको इटहरीस्थित प्रमुख चोक नजिकै आकर्षक स्थानमा रहेको राससको जग्गाको संरक्षणसँगै भवन निर्माण प्रक्रिया अघि बढाइने उल्लेख गर्दै राससको आफ्नै कार्यालय भवनसहित स्थायी जनशक्तिको व्यवस्था गरी इटहरी उपमहानगरपालिकासहित आसपासका क्षेत्रको समाचारलाई अझ प्राथमिकता दिने बताउनुभयो ।

    नगरप्रमुख पौडेलले राससको मागबमोजिम सो जग्गामा तारबार गरी माटो भर्ने काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले स्वदेश तथा विदेशकोसमेत समाचार सम्प्रेषण गर्ने जिम्मेवारीमा रहेको राससजस्तो मुलुकको संवेदनशील एवम् महत्वपूर्ण निकायसँग सहकार्य गर्न आफू सदैव तयार रहेको स्पष्ट गर्नुभयो । इटहरीस्थित राससको जग्गाको संरक्षण र सदुपयोग गर्ने सन्दर्भमा सक्दो सहयोग गर्न पालिका तयार रहेको उल्लेख गर्दै नगर प्रमुख पौडेलले सदैव आधिकारिक र निष्पक्ष समाचार सामग्री सम्प्रेषण गर्ने राससका तर्फबाट सहयोग र सहकार्यको मर्मबमोजिम इटहरी क्षेत्र प्राथमिकतामा पर्ने विश्वास व्यक्त गर्नुभयो ।

    इटहरीचोक नजिक पूर्वपश्चिम राजमार्गबाट उत्तरतर्फ करिब १५० मिटरको दूरीमा राससको स्वामित्वमा एक कठ्ठा जग्गा रहेको छ । समाज सेवासहित करिब दुई दशक राससमा आवद्ध हुनुभएका इटहरी क्षेत्रका अग्रज, व्यावसायिक एवम् सक्रिय पत्रकार स्वर्गीय याम प्रधानको विशेष पहलमा उक्त जग्गा राससले प्राप्त गरेको हो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    करदाता प्रोत्साहन उपहारः दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा
    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
    ‘परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ’
    • बाघ र चितुवा अनुगमन गर्न क्यामरा जडान
    • २५० रुपैयाँको सामान किन्दा ग्राहकले जिते १० लाखको बम्पर उपहार
    • सुनको मोल तोलामा आठ हजारले वृद्धि
    • अब दुई घण्टामा नारायणगढदेखि बुटवल सरर ….

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.