सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जेनजी अभियान्ता भन्छन्ः निर्वाचन लोकतन्त्र सुदृढ गर्ने ऐतिहासिक अवसर


  •    न्युजभित्तो/९ माघ २०८२, बिहीबार १५:३१ 
  • काठमाडौँ, ८ माघ । जेनजी अभियन्ताले आसन्न निर्वाचन मुलुकमा विधिको शासन र लोकतान्त्रिक अभ्यासलाई थप सुदृढ बनाउने ऐतिहासिक अवसर भएको बताउनुभएको छ । उहाँहरूले लोकतन्त्र, सुशासन, विकास र राष्ट्रिय एकता सुदृढीकरणका लागि निर्वाचन सफल बनाउनु सबैको साझा दायित्वका रूपमा रहेको धारणा राख्नुभयो ।

    रासससँगको कुराकानीमा जेनजी अभियान्ता सुप्रिया शाहीले सचेत मतदाताको सक्रिय र अर्थपूर्ण सहभागिताबाट स्वच्छ, निष्पक्ष तथा धाँधलीरहित निर्वाचन सम्पन्न भई सक्षम र जिम्मेवार जनप्रतिनिधि चयन हुनेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “जेनजी पुस्ताले देशमै अवसर खोजिरहेका छन्, निर्वाचनपछि गठन हुने सरकारले सुशासन, पारदर्शीता र जवाफदेहितासहितको शासकीय अभ्यास गर्नुपर्छ ।”

    अभियन्ता अर्णव चौधरीले युवापुस्ताले उठाउँदै आएका मुद्दालाई निर्वाचनपछि बन्ने सरकारले आत्मसात् गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले निष्पक्ष, शान्तिपूर्ण र विविधताको सम्मान हुने गरी व्यापक जनसहभागितासहित निर्वाचन सम्पन्न गर्न सम्पूर्णले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

    राजनीतिक दलहरूले आन्तरिक लोकतन्त्र सुदृढ बनाउनुपर्ने र समानुपातिक निर्वाचनमा संविधानको मर्मअनुसार उम्मेदवार छनोट गर्नुपर्ने चौधरीको भनाइ छ । निर्वाचनपछि गठन हुने सरकारले भ्रष्टाचार नियन्त्रण, कानुनको शासन, आधुनिक शिक्षा प्रणाली, लैङ्गिक समानता, सामाजिक न्याय, वातावरण संरक्षण, स्वदेशमै रोजगारी र ‘डिजिटलाइज्ड’ सार्वजनिक सेवामा ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।

    जेनजी फ्रन्टका सुदूरपश्चिम प्रदेशका संयोजक नवीन विष्टले निर्वाचनलाई स्वच्छ, निश्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउनुका साथै सबै नागरिकको सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “देशमा भ्रष्टाचार अन्त्य भई सुशासन कायम हुनुपर्ने र जेनजीका माग पूरा हुनुपर्छ । जेनजी जनआन्दोलन प्रतिनिधि र नेपाल सरकारबीच भएको सम्झौताको प्रभावकारी कार्यान्वयन हुनुपर्छ ।” रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन
    • भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    • लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    • वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.