सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कञ्चनपुरमा ‘जलवायुमैत्री कृषि गाउँ’ स्थापना गरिँदै


  •    न्युजभित्तो/९ माघ २०८२, बिहीबार १३:४२ 
  • कञ्चनपुर, ८ माघ । कञ्चनपुरमा ‘जलवायुमैत्री कृषि गाउ’ँ स्थापना गरिने भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको बजेटमा सञ्चालित कार्यक्रम अन्तर्गत कृषि ज्ञान केन्द्र कञ्चनपुरले जलवायुमैत्री कृषि गाउँ स्थापनाका लागि कृषि कार्यमा संलग्न किसान, समूह, फर्म तथा सहकारीसँग प्रस्ताव माग गरेको छ ।

    जलवायु अनुकूलखेती प्रणालीको विकास गर्दै तरकारी र फलफूल खेतीमा आधुनिक, वातावरणमैत्री प्रविधि प्रयोग गरी किसानको उत्पादन र आय वृद्धि गर्ने उद्देश्य राखिएको छ ।जलवायु परिवर्तनका कारण खेती प्रणालीमा देखिएका चुनौतीलाई न्यूनीकरण गर्दै वातावरण अनुकूल र दीगो कृषि पद्दतिको विकास गरिने कृषि ज्ञान केन्द्र कञ्चनपुरका कृषिप्रसार निर्देशक हरिप्रसाद पनेरुले बताउनुभयो ।

    उहाँका अनुसार जलवायु अनुकूल पद्धति अनुसार खेती प्रणालीको विकास गरी किसानको उत्पादन क्षमता, आयस्तर र आत्मनिर्भरता बढाउने लक्ष्यसहित यो कार्यक्रम सञ्चालन गरिँदै छ । निर्देशक पनेरुले भन्नुभयो, “जलवायु अनुकूलखेती प्रणाली विकास गर्नु हाम्रो मुख्य उद्देश्य हो, एक पालिकाको एक टोलमा जैविक खेती पद्धति अपनाएका किसानको प्रस्ताव र कार्यक्रमको सोच मिलेमा त्यस्ता प्रस्ताव छनोट गरी कार्यक्रम सञ्चालन गर्छौंँ ।”

    कार्यक्रमअन्तर्गत तरकारी तथा फलफूल खेतीमा केन्द्रित रहेर जलवायुमैत्री प्रविधिको प्रयोग गरिनेछ । तरकारी खेतीतर्फ जलवायुमैत्री पोलीहाउस निर्माण, थोपा सिँचाइ प्रविधि, मल्चिङ प्रविधि, गड्यौला मल उत्पादन, झोलमल प्रयोग, बजारीकरण तथा तरकारी खेतीसम्बन्धी अन्य सहायक क्रियाकलाप सञ्चालन गरिने छन् ।

    यी प्रविधिले पानीको खपत घटाउनुका साथै उत्पादन लागत कम गर्ने र मौसमजन्य जोखिमबाट खेती जोगाउन सहयोग पुग्ने निर्देशक पनेरुको भनाइ छ । फलफूल खेतीअन्तर्गत थोपा सिँचाइ प्रणाली जडान, बगैँचा व्यवस्थापन, नयाँ बगैँचा स्थापना तथा उत्पादन वृद्धि गर्ने प्रविधि लागू गरिनेछन् । दीर्घकालीन रूपमा फलफूल खेतीलाई व्यावसायिक बनाउँदै किसानको स्थायी आम्दानी सुनिश्चित गर्ने निर्देशक पनेरुले जानकारी दिनुभयो ।

    जलवायुमैत्री कृषि गाउँ स्थापना कार्यक्रम एउटै क्लष्टर वा एउटै क्षेत्रमा सञ्चालन गरिने प्रावधान राखिएको छ । यसले सामूहिक खेती, सामूहिक लगानी, प्रविधिको प्रभावकारी प्रयोग र सामूहिक बजारीकरणमा सहयोग पुग्ने विश्वास गरिएको छ ।
    साथै किसानबीच सहकार्य बढ्दै स्थानीयस्तरमै रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ । यस वर्ष जलवायूमैत्री कृषि गाउँ कार्यक्रम सञ्चालनका लागि रु १५ लाख बजेट विनियोजन गरिएको निर्देशक पनेरुले जानकारी दिनुभयो ।

    मापदण्ड पूरा भएका प्रस्तावलाई छनोट गरी कार्यक्रम सञ्चालन गरिनेछ । हाल प्रस्ताव सङ्कलनको कार्य अगाडि बढाइएको छ । कृषि विज्ञका अनुसार जलवायुमैत्री कृषि अभ्यासले वातावरण संरक्षणसँगै किसानलाई जलवायु परिवर्तनका नकारात्मक असरबाट जोगाउने महत्वपूर्ण भूमिका खेल्छ । रासायनिक मल र विषादीको प्रयोग घट्दै जाँदा माटोको उर्वराशक्ति जोगिनुका साथै पानी र मानव स्वास्थ्यमासमेत सकारात्मक प्रभाव पर्ने बताइएको छ ।

    आधुनिक प्रविधि, जैविक मल र वातावरणमैत्री अभ्यास अपनाउँदा उत्पादन बढ्नुका साथै बजारमा गुणस्तरीय उत्पादनको मागसमेत बढ्ने बताइएको छ । जलवायुमैत्री कृषि गाउँ स्थापना भएपछि कञ्चनपुरको कृषि क्षेत्र दीगो, व्यावसायिक र जलवायु अनुकूल बन्ने अपेक्षा गरिएको छ ।

    एक ठाउमा गरिएको अभ्यासले अन्य क्षेत्रका किसानले त्यस पद्धतिलाई अपाउन प्रेरणा प्रदान गर्ने शुक्लाफाँटा कृषि शाखाका प्रमुख करन सिंह बुढा ऐरले बताउनुभयो । जलवायुको असर प्रत्यक्ष रुपमा कृषि क्षेत्रमा पर्दै आएकाले वातावरण अनुकूलखेती गरिँदा किसान लाभान्वित हुने उहाँको भनाइ रहेको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.