सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पाँचथरमा एकजना युवा उम्मेदवार, महिला र दलित शून्य


  •    न्युजभित्तो/८ माघ २०८२, बुधबार १६:५४ 
  • पाँचथर, ७ माघ । आगामी फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पाँचथरमा १५ वटा राजनीतिक दलबाट उम्मेदवारी दर्ता हुँदा एकजना मात्रै युवा परेका छन् भने महिला र दलितको सङ्ख्या शून्य छ । एउटा मात्रै प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको पाँचथरमा युवा उमेर समूहबाट प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट ३८ वर्षीय प्रकाश काफ्लेको मात्र उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    नेपाल मजदुर किसान पार्टीका लक्षुमन तामाङ र श्रम संस्कृति पार्टीका हस्तराज शेर्मा ४० वर्षको हुनुहुन्छ । अन्य दलका उम्मेदवारको उमेर ४२ वर्षदेखि ६९ वर्षसम्म रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जेनजी पुस्ताको आन्दोलनबाट नयाँ सरकार गठन भई प्रतिनिधिसभा सदस्य निर्वाचन हुन लागेको भए पनि यहाँ युवा उमेर समूहबाट अत्यन्तै कम मात्रै उम्मेदवारी परेको हो । मुख्य राजनीतिक दलले प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा नयाँ अनुहार ल्याएका छन् । 

    नेपाली कांग्रेसबाट कांग्रेस केन्द्रीय सदस्य नरेन्द्रकुमार केरुङ उम्मेदवार हुनुहुन्छ । उहाँ विसं २०७० मा सम्पन्न संविधानसभा निर्वाचन तथा विसं २०७४ मा सम्पन्न प्रदेशसभा निर्वाचनमा उम्मेदवार भइसक्नुभएको छ । एमालेका उम्मेदवार अइन्द्रसुन्दर नेम्बाङ दोस्रो संविधानसभाको सदस्य तथा एमालेको केन्द्रीय सदस्य हुनुहुन्छ । 

    नेपाली कम्युनिष्ट पार्टीले तत्कालीन नेकपा (माओवादी केन्द्र) कोशी प्रदेशका अध्यक्ष हर्कबहादुर नेम्वाङलाई उम्मेदवार बनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले महेन्द्रविक्रम थाम्सुहाङलाई उम्मेदवार बनाएको छ । साथै राष्ट्रिय प्रजातन्त्र पार्टीले ६२ वर्षीय तेजकुमार कुरुम्बाङलाई उम्मेदवार बनाएको छ । उहाँ निर्माण व्यवसायी सङ्घको उपाध्यक्षसमेत भइसक्नुभएको छ । 

    त्यस्तै पाँचथरमा महिला र दलित समुदायबाट उम्मेदवारी परेको छैन । जिल्लामा यस पटक स्वतन्त्र उम्मेदवारीसमेत नपरेको मुख्य निर्वाचन अधिकृत कुमार मास्केले जानकारी दिनुभयो । एक लाख ७२ हजार ४०० जनसङ्ख्या रहेको पाँचथरमा लिम्बू समुदायको जनसङ्ख्या ७४ हजार ७७५ अर्थात् ४३ दशमलव ३७ प्रतिशत छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा १५ उम्मेदवारमध्ये १३ जना लिम्बू समुदायबाट हुनुहुन्छ । जिल्लामा एक लाख ४३ हजार ४०८ जना मतदाता छन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन
    • भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    • लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    • वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.