सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

केन्द्रीय सुरक्षा समितिको बैठकःसुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन


  •    न्युजभित्तो/८ माघ २०८२, बुधबार १६:१९ 
  • काठमाडौँ, ७ माघ । सरकारले आसन्न प्रतिनिधिसभा निर्वाचनमा राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसार र अभियानलाई व्यवस्थित बनाउन सुरक्षा व्यवस्था थप सुदृढ र भरपर्दो बनाउन जिल्ला सुरक्षा समितिलाई निर्देशन दिएको छ ।

    गृहमन्त्री ओमप्रकाश अर्यालका अध्यक्षतामा आज यहाँ बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले निर्वाचन कार्यक्रममा समन्वय गर्न गठन गरिएका सबै संयन्त्रलाई सक्रिय बनाउने निर्णय गरेको हो । बैठकले निर्वाचन प्रचारप्रसारका क्रममा सामाजिक सञ्जालको दुरुपयोगलाई नियन्त्रण गर्न सोको निगरानीलाई प्रभावकारी बनाउने र गैरकानुनी भएको पाइएमा कारबाही गर्ने निर्णय गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

    बैठकमा निर्वाचन सुरक्षा योजना सम्बन्धमा चार वटै सुरक्षा निकायले गरेका तयारी सम्बन्धमा समीक्षा भएको थियो । निर्वाचनलाई लक्षित गरी केन्द्रीय सुरक्षा समितिबाट पारित भई एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ कार्यान्वयनमा रहेको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन
    • भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    • लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    • वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.