प्रतिनिधिसभा निर्वाचन: दाङमा १९ स्वतन्त्रसहित ६२ जनाको मनोनयन दर्ता
न्युजभित्तो/८ माघ २०८२, बुधबार १२:२८
दाङ, ७ माघ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत दाङका तीवटै निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले उत्साहपूर्ण वातावरणमा मङ्गलबार मनोनयन दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितका अनुसार दाङ निर्वाचन क्षेत्र नं १ मा १४, क्षेत्र नं २ मा २३ र क्षेत्र नं ३ मा २५ गरी ६२ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । जसमा विभिन्न राजनीतिक दलका ४३ र स्वतन्त्र १९ गरी ६२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
निर्वाचन क्षेत्र नं १ नेपाली कांग्रेसबाट योगेन्द्र चौधरी, नेपाल कम्युनिष्ट पार्टी ९एमाले०बाट रेवतीरमण शर्मा, नेपाली कम्युनिस्ट पार्टीबाट मेटमणी चौधरी, नेशनल रिपब्लिक नेपालबाट मीनबहादुर ठेडी मगर, मङ्गोल नेसनल अर्गनाइजेसनबाट खुमबहादुर गाहामगर, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विनय बिसी, राष्ट्रिय परिवर्तन पार्टीबाट रञ्जित चौधरी, जनता समाजवादी पार्टीबाट भरतलाल चौधरी, राष्ट्रिय जनमोर्चाबाट गणेशप्रसाद आचार्य तथा नेपाल कम्युनिष्ट पार्टी ९माओवादी०बाट प्रकाश शाही, स्वतन्त्रबाट कुलप्रसाद केसी र मणिराम यादव, रास्वपाबाट देवराज पाठकले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
त्यसैगरी, क्षेत्र नं २ बाट कांग्रेसका किरणकिशोर घिमिरे, एमालेबाट शङ्कर पाखरेल, नेपाली कम्युनिष्ट पार्टीबाट निर्मल आचार्य, राष्ट्रिय जनमोर्चाबाट मनिराम खनाल, नेपाल मजदुर किसान पार्टीबाट नवीनकुमार शाहीले उम्मेदवारीको दर्ता गराउनुभएको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट बिपिनकुमार आचार्य, राष्ट्रिय जनमुक्ति पार्टीबाट रवीन्द्र उच्च नेपाली, राप्रपा ऋषिकेश पोखरेल, आम जनता पार्टीबाट कृष्णबहादुर सुनार, जनता समाजवादी पार्टीबाट ढुन्डीराज थापा, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट प्रतीक अधिकारी, मितेरी पार्टीबाट रेखबहादुर पुनमगर, नागरिक उन्मुक्ति पार्टीबाट झरेन्द्रबहादुर खत्री, मङ्गोल नेसनल अर्गनाइजेसनबाट अम्मरबहादुर बुढा, नेसनल रिपब्लिक नेपालबाट जितन पुन तथा स्वतन्त्र उम्मेदवारका रूपमा धर्मराज शर्मा, विष्णुविक्रम सेनवली, लालबहादुर खत्री, विष्णुकुमारी भुसाल, पदमप्रसाद पाण्डे, कल्पना लामा, समीर वली र बालाराम पौडेलले मनोनयन दर्ता गराउनुभएको हो ।
त्यस्तै, क्षेत्र नं ३ मा कांग्रेसका दीपक गिरी, एमालेबाट घनश्याम पाण्डेय, नेकपाका धनबहादुर मास्की, रास्वपाबाट कमल सुवेदी, राप्रपाबाट दामोदर भण्डारी, राष्ट्रिय जनमोर्चाबाट कमला जिसी, मङ्गोल नेसनलबाट घनश्याम चौधरी, मितेरी पार्टी नेपालबाट सन्तोष सिंह, जनता समाजवादी पार्टीबाट शोभा डाँगी, आम जनता पार्टीबाट पाण्डवी नेपाली रहनुभएको छ ।
त्यसैगरी, नेसनल रिपब्लिकबाट प्रितम चौधरी, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट घनश्याम डाँगी, संयुक्त नागरिक पार्टीबाट दरवीर कामी, श्रमसंस्कृति पार्टीबाट टोपबहादुर महतरा, नेपाल कम्युनिष्ट पार्टी ९माओवादी०बाट बलबहादुर ओली, नागरिक उन्मुक्ति पार्टीबाट महेश चौधरी रहनुभएको छ । त्यसैगरी स्वतन्त्र उम्मेदवारमा भागिराम चौधरी, गोपाल वली, सुरेश नेपाली, प्रेमबहादुर वली, महेश डाँगी, यमबहादुर बस्नेत, भरत परियार, इन्द्रबहादुर बस्तेत र सप्रिक कँडेल रहनुभएको सहायक निर्वाचन अधिकृत टीका केसीले जानकारी दिनुभयो । रासस