सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भोजपुरमा १२ दलका उम्मेदवार चुनावी मैदानमा


  •    न्युजभित्तो/८ माघ २०८२, बुधबार १२:२५ 
  • टक्सार (भोजपुर), ७ माघ । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भोजपुरमा १२ दलका चुनावी मैदानमा उत्रिएका छन् । 

    उक्त निर्वाचनमा सहभागिताका लागि नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का राजाराम बासी, श्रम संस्कृति पार्टीका ध्रुवराज राई, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का शेरधन राई, राष्ट्रिय परिवर्तन पार्टीका जितेन्द्र राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका जनक नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश ओझा र नेपाल मङ्गोल नेशनल अर्गनाइजेसनका चन्दप्रसाद राईले मङ्गलबार उम्मेदवारी दर्ता गराउनुभएको जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिनुभयो ।

    त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का देवानराज राई, नेपाली कम्युनिष्ट पार्टीका अजम्बर राई ‘काङमाङ’, जनता समाजवादी पार्टीका गोपालकुमार राई, नेपाली कांग्रेसका बालकृष्ण थापा र आम जनता पार्टीका युवराज थापाले उम्मेदवारी दर्ता गराउनुभएको मुख्य निर्वाचन अधिकृत दाहालले बताउनुभयो । भोजपुरमा कुल एक लाख २५ हजार सात सय ६६ मतदाता रहेका छन् । जिल्लामा ८७ मतदान स्थल र एक सय ६१ मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख डिकेन्द्र सुवेदीले जानकारी दिनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन
    • भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    • लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    • वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.