सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रतिनिधिसभा निर्वाचनः मनोनयनमा उत्साह


  •    न्युजभित्तो/८ माघ २०८२, बुधबार १२:१९ 
  • महोत्तरी, ७ माघ । प्रतिनिधिसभा निर्वाचनलाई लिएर यहाँका मतदातामा उत्साह छाएको छ । राजनीतिक दलका स्थानीय नेता तथा कार्यकर्तामात्र होइन, मताधिकार नपाएकाहरू पनि चुनावको चर्चामा लागेका छन् । यो चर्चा चिया पसलदेखि हाटबजारसम्म फैलिएको छ ।

    मङ्गलबार उम्मेदवारको मनोनयनपत्र दर्तासँगै आम जनमानसमा चुनावी चर्चा चलेको हो । महोत्तरीका चार प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा १४३ जनाले मनोनयनपत्र दर्ता गराएपछि जिल्लामा चुनावको वातावरण बनेको छ ।

    मुख्य निर्वाचन अधिकृत माधवप्रसाद अधिकारीका अनुसार क्षेत्र नं १ मा २७, महोत्तरी–२ मा ३७, महोत्तरी–३ मा ४२ र महोत्तरी–४ मा ३७ जनाले उम्मेदवारी दर्ता गराएका जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लाभरिमा १३ जना महिला उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ । जसमा क्षेत्र नं १ मा चार, २ मा पाँच, ३ मा दुई र ४ मा दुई जना छन् ।

    चारवटै निर्वाचन क्षेत्रमा शान्तिपूर्वक उत्साहजनक मनोनयनपत्र दर्ता कार्यक्रम सम्पन्न भएको जिल्लाका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो । यसअघि मनोनयनपत्र दर्ता कार्यक्रमअघि गत सोमबार चारवटै निर्वाचन क्षेत्रका निर्वाचन अधिकृतको कार्यालयमा सम्पन्न सर्वपक्षीय बैठकले निर्वाचन आचारसंहिताको सबै पक्षबाट पूर्ण परिपालनाको प्रतिबद्धता जनाएको थियो, निर्वाचनका लागि उच्चतम सुरक्षा प्रबन्ध मिलाइएको प्रमुख जिल्ला अधिकारी यादवको भनाइ छ ।

    महोत्तरीमा यसपालिको निर्वाचनका लागि चार लाख ३१ हजार २५२ मतदाता छन् । जसमा दुई लाख ३५ हजार १८३ पुरुष, एक लाख ९६ हजार ९७ महिला र अन्य दुई रहेका जिल्ला निर्वाचन कार्यालयले यसअघि नै जनाइ सकेको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन
    • भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    • लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    • वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.