सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रतिनिधिसभा निर्वाचन: यी स्थानमा हुनेछ काठमाडौँका उम्मेदवारी दर्ता


  •    न्युजभित्तो/७ माघ २०८२, मंगलवार ११:५० 
  • काठमाडौँ, ६ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्न काठमाडौँका १० क्षेत्रका निर्वाचन अधिकृतको कार्यालयमा चहलपहल सुरु भएको छ ।

    क्षेत्र नंं १ को कार्यालय काठमाडौँ महानगरपालिका–३१ स्थित नयाँबानेश्वरमा रहेको सहकारी प्रशिक्षण केन्द्रको कार्यालयमा स्थापना गरिएको छ । क्षेत्र नं २ कार्यालय कागेश्वरी मनोहरा नगरपालिका–५ स्थित थली चौरमा रहेको नगरपालिका भवनमा स्थापना गरिएको काठमाडौँका जिल्ला निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

    क्षेत्र नं ३ को कार्यालय गोकर्णेश्वर नगरपालिका वडा नं ४ स्थित वडा कार्यालयमा स्थापना गरिएको छ । क्षेत्र नं ४ को कार्यालय बूढानीलकण्ठ नगरपालिका–२ चपलीस्थित ज्येष्ठ नागरिक समाज भवनमा स्थापना गरिएको छ । क्षेत्र नं ५ को कार्यालय टोखा नगरपालिका–५ स्थित श्री समाज भवनमा स्थापना गरिएको छ ।

    क्षेत्र नं ६ कार्यालय तारकेश्वर नगरपालिका–६ धर्मस्थलीस्थित नगरपालिका भवनमा गरिएको छ । क्षेत्र नं ७ को कार्यालय काठमाडौँ महानगरपालिका–१६ खुसीबु, बालाजुस्थित बहुउद्देश्यीय मार्सल आर्टस् केन्द्र ९जुडो हल०मा स्थापना गरिएको छ । क्षेत्र नं ८ को कार्यालय नागार्जुन नगरपालिका–५ स्थित नगरपालिका भवनमा गरिएको छ ।

    क्षेत्र नं ९ को कार्यालय चन्द्रागिरि नगरपालिका वडा नं १२ बलम्बुस्थित नगरपालिका भवनमा स्थापना गरिएको छ । क्षेत्र नं १० को कार्यालय कीर्तिपुर नगरपालिका वडा नं २ बाघ भैरवस्थित वडा नं २ को कार्यालयमा स्थापना गरिएको छ ।

    काठमाडौँका १० वटै निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ताका लागि दर्ता गराउन चाहनेको आउन थालेका छ । उम्मेदवारी दर्ताका लागि सुरक्षालगायत सबै तयारी पनि पूरा भएको निर्वाचन आयोग, जिल्ला निर्वाचन अधिकारीको कार्यालय काठमाडौँले जनाएको छ ।

    उम्मेदवारी दर्ताका लागि आज बिहान १०ः०० देखि बेलुकी ५ः०० बजेसम्म काठमाडौँका १० वटासँगै देशभरका १६५ वटै निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारले मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको छ । बेलुकी ५ः०० देखि ७ः०० बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुने कार्यक्रम छ ।

    यही माघ ७ गते बिहान १०ः०० देखि दिउँसो ३ः०० बजेसम्म मनोनयन पत्र दर्ता भएको उम्मेदवारको विरोधमा उजुरी दिने अवधि निर्धारण गरिएको छ । माघ ७ गते दिउँसो ३ः०० बजेदेखि माघ ८ गते बेलुका ५ः०० बजेसम्म मनोनयनपत्र र उजुरीउपर जाँचबुझ एवं निर्णय गरी त्यसै दिन बेलुकी ५ः०० देखि ७ः०० बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने छ । माघ ९ गते बिहान १०ः०० देखि दिउँसो १ः०० बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ ।

    माघ ९ गते दिउँसो १ः०० देखि ३ः०० बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी त्यसै दिन दिउँसो ४ः०० देखि साँझ ७ः०० बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.