सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राजनीतिक कार्यक्रममा सरकारी सवारीसाधन प्रयोग नर्गन आग्रह


  •    न्युजभित्तो/७ माघ २०८२, मंगलवार ११:४३ 
  • जलेश्वर (महोत्तरी), ६ माघ । जिल्ला प्रशासन कार्यालयले राजनीतिक दलहरूलाई आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको कार्यक्रममा आवतजावत गर्ने क्रममा सरकारी सवारीसाधन प्रयोग नगर्न आग्रह गरेको छ ।

    जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रक्रिया चरणबद्ध रूपमा अगाडि बढिरहेको सन्दर्भमा जिल्लामा शान्ति, सुरक्षा, अमनचयन कायम राख्न क्रियाशील राजनीतिक दल तथा दल निकट भ्रातृ सङ्गठनबाट सरकारी साधन प्रयोग गर्न आग्रह गरेको हो ।

    साथै राजनीतिक दल तथा दल निकट भ्रातृ सङ्गठनबाट हुने सभा, सम्मेलनलगायत कार्यक्रम आयोजना गर्दा जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराई अनुमति लिएर मात्र सञ्चालन गर्न अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सञ्जयकुमार पोखरेलद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

    जिल्ला प्रशासन कार्यालयले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज हुने मनोयन दर्ताका लागि जिल्लाको चारवटै निर्वाचन क्षेत्रमा सबै तयारी पूरा भइसकेको र निर्वाचन अधिकृतको कार्यालय तयारी अवस्थामा बसेको जानकारी दिएको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन
    • भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    • लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    • वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.