सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आपसी सम्मान, सहिष्णुता र विश्वासले दिगो स्थिरतातर्फ लैजाने प्रधानमन्त्रीको विश्वास


  •    न्युजभित्तो/६ माघ २०८२, सोमबार १७:०२ 
  • काठमाडौँ, ५ माघ । प्रधानमन्त्री सुशीला कार्कीले सबै समुदायका मौलिक पर्व, भाषा, संस्कृति र पहिचानको संरक्षण तथा प्रवद्र्धनप्रति नेपाल सरकार सदैव प्रतिबद्ध रहेको विश्वास दिलाउनुभएको छ ।

    सोनाम ल्होछारका अवसरमा नेपाल तामाङ घेदुङद्वारा आज टुँडिखेलमा आयोजित ‘तामाङ सांस्कृतिक महोत्सव तथा शुभकामना आदान–प्रदान कार्यक्रम’लाई सम्बोधन गर्दै उहाँले सबै जातजातिका मौलिक परम्परा, संस्कृति र जीवन पद्धतिको सम्मान, संरक्षण र प्रवद्र्धन गर्नु राज्यको दायित्व भएको बताउनुभयो ।

    आजको समय देशले शान्ति, सुव्यवस्था, सहअस्तित्व र स्थायित्व खोजिरहेको समय भएको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले विविधता बीचको सम्मान, सहिष्णुता र आपसी विश्वासले मात्रै हामीलाई दिगो स्थिरतातर्फ लैजाने बताउनुभयो ।

    सोनाम ल्होछारजस्ता पर्वहरूले आफ्नोपन, मौलिकता र राष्ट्रिय एकताको भाव सिकाउने जनाउँदै प्रधानमन्त्रीले यसबाट हाम्रो सांस्कृतिक पहिचान विश्वमञ्चमा पुगिरहेको बताउनुभयो ।

    रैथाने ज्ञान, सीप र संस्कृतिको संरक्षण गर्दै नयाँ पुस्तालाई हस्तान्तरण गर्दै जानुपर्नेमा जोड दिँदै उहाँले ल्होछारसँग जोडिएको पञ्चतत्व र स्वस्थ जीवन दर्शनले तामाङ समुदायको मौलिक ज्ञान, विज्ञान र जीवन पद्धतिको गहिरो पक्षलाई उजागर गर्ने बताउनुभयो ।

    कार्यक्रममा तामाङ समुदायका व्यक्तिले आ–आफ्नो वेशभूषासहितको पहिरनका साथ सांस्कृतिक प्रस्तुति दिनुभएको थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.