सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जुनसुकै अवस्थामा पनि एमाले चुनावमा होमिन्छ: एमाले अध्यक्ष ओली


  •    न्युजभित्तो/६ माघ २०८२, सोमबार १६:११ 
  • झापा, ५ माघ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएकाले नेकपा एमाले जुनसुकै अवस्थामा पनि चुनावमा होमिने बताउनुभएको छ । 

    प्रतिनिधिसभा सदस्यको निर्वाचन सन्दर्भमा आज गृहजिल्ला झापा आइपुग्नु हुँदा चन्द्रगढी विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उहाँले उक्त धारणा व्यक्त गर्नुभएको हो ।

    “शान्तिसुरक्षाको अवस्था राम्रो बन्नुपर्छ,” उहाँले भन्नुभयो, “हामी जुनसुकै अवस्थामा पनि चुनावमा भाग लिन्छौँ ।” निर्वाचन शान्तिपूर्ण, भयरहित र निष्पक्ष रुपमा सम्पन्न हुनुपर्ने उहाँले आग्रह गर्नुभयो ।

    आजै उहाँ काठमाडौँबाट चन्द्रगढी विमानस्थलमा आइपुग्दा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, पार्टीका जिल्ला अध्यक्ष प्रेम गिरीलगायत कार्यकर्ताले स्वागत गरेका थिए ।

    आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन कार्यतालिकाअनुसार यही माघ ६ गते उम्मेदवारहरूको मनोनयन दर्ता हुनेछ । अध्यक्ष ओली झापा निर्वाचन क्षेत्र नं ५ मा आफ्नो उम्मेदवारी दर्ताका लागि आउनुभएको जिल्ला अध्यक्ष गिरीले बताउनुभयो ।

    पार्टीले निर्वाचन सन्दर्भमा आयोजना गर्ने कार्यकर्ता भेला र बैठकहरूलाई अध्यक्ष ओलीले सम्बोधन गर्ने समेत कार्यक्रम रहेको उहाँले बताउनुभयो । गत भदौमा जेनजी आन्दोलनका कारण प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि अध्यक्ष ओली गृहजिल्लामा पहिलोपल्ट आउनुभएको हो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    करदाता प्रोत्साहन उपहारः दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा
    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
    ‘परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ’
    • बाघ र चितुवा अनुगमन गर्न क्यामरा जडान
    • २५० रुपैयाँको सामान किन्दा ग्राहकले जिते १० लाखको बम्पर उपहार
    • सुनको मोल तोलामा आठ हजारले वृद्धि
    • अब दुई घण्टामा नारायणगढदेखि बुटवल सरर ….

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.