सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

निर्वाचन आचारसहिंता पालना गर्ने सर्वपक्षीय प्रतिबद्धता


  •    न्युजभित्तो/६ माघ २०८२, सोमबार १६:०१ 
  • गण्डकी, ५ माघ । कास्कीका राजनीतिक दल, उम्मेदवार, पत्रकार लगायतले निर्वाचन आचारसहिंता पालना गर्ने प्रतिबद्धता जनाएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज आयोजना गरेको निर्वाचन आचारसंहितासम्बन्धी सर्वदलीय÷सर्वपक्षीय बैठकमा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नुपर्नेमा जोड दिइएको हो ।

    नेपाली कांग्रेस, कास्कीका सचिव देवेन्द्र रानाभाटले स्वतन्त्र र निष्पक्ष ढङ्गले निर्वाचन सफल पार्नु सबैको दायित्व भएको बताउनुभयो । आचारसंहिता पालनामा मुख्य गरी राजनीतिक दल र उम्मेदवारहरु बढी जिम्मेवार हुनुपर्ने उहाँको भनाइ छ । 

    नेकपा (एमाले), कास्कीका उपाध्यक्ष भेषराज बरालले उम्मेदवारले भयरहित वातवरणमा आफूले चाहेको राजनीतिक दल र उम्मेदवारलाई मतदान गर्न पाउने वातावरण सिर्जना गर्नुपर्ने बताउनुभयो । 

    नेपाली कम्युनिष्ट पार्टी, कास्कीका संयोजक विश्वप्रकाश लामिछाने आचारसंहिता पालनामा विगतका निर्वाचनमा भएका कमजोरीबाट पाठ सिक्नुपर्ने बताउनुभयो । संसदीय पत्रकार मञ्च, गण्डकीका पूर्वअध्यक्ष भरत कोइरालाले विगतका उदाहरणबाट राजनीतिक दल र सञ्चारमाध्यमबाटै आचारसंहिता उल्लङ्घनका घटना बढी हुने गरेको पाइएको बताउनुभयो । उहाँले पत्रकारलाई निर्वाचनसम्बन्धी समाचार सङ्कलनमा सहज पहुँच दिनुपर्ने बताउनुभयो । 

    कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले निर्वाचन सफल पार्न सबै पक्षको उत्तिकै महत्त्वपूर्ण भूमिका हुने बताउनुभयो । निर्वाचनलाई लक्ष्य गरी जिल्लाको सुरक्षा व्यवस्था चुस्त पारिएको उहाँको भनाइ छ । तीनै तहका सुरक्षा निकाय सम्मिलित सुरक्षा रणनीति तयार गरी कार्यान्वयनमा गइसकेको प्रजिअ शर्माले बताउनुभयो । उहाँका अनुसार जिल्लामा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका गरी झन्डै दुई हजार सुरक्षाकर्मी परिचालन हुनेछन् । दुई हजार ३०३ जना निर्वाचन प्रहरी खटिनेछन् ।  

    मुख्य निर्वाचन अधिकृत हिमलाल बेलबासेले निर्वाचन आचारसंहिता पालना भए÷नभएको विषयमा प्रभावकारी अनुगमन गरिने बताउनुभयो । “आचारसंहिता आफैँमा कानुनी दस्तावेज त होइन, तर यसको उल्लङ्घन हुँदा कानुन आकर्षित हुन्छ”, उहाँले भन्नुभयो, “आचारसंहिता उल्लङ्घनका घटनामा उम्मेदवारको मनोनयन नै रद्दसमेत हुन सक्ने अवस्था आउन सक्छ ।” मुख्य निर्वाचन अधिकृत बेलबासेले सबैको लक्ष्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नु रहेको बताउनुभयो । 

    सहायक निर्वाचन अधिकृत राजन खनालले मङ्गलबार हुने उम्मेदवार मनोनयनको तयारी पूरा भएको बताउनुभयो । उहाँले एकै पटकमा भीडभाड हुन नदिन राजनीतिक दलहरुलाई आलोपालो गरेर मनोनयन दर्ताका लागि समय व्यवस्थापन गरिएको बताउनुभयो । कास्की–१ को रामघाट, कास्की–२ को ड्यामसाइट र कास्की–३ को मालेपाटनमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गरिने सहायक निर्वाचन अधिकृत खनालले बताउनुभयो ।

    कार्यक्रममा प्रदेश निर्वाचन अधिकारी नारायण ढकालले निर्वाचन आचारसंहिता–२०८२ का विषयमा प्रस्तुतीकरण राख्नुभएको थियो । उहाँले आचारसंहिता उल्लङ्घन गर्ने राजनीतिक दल, उम्मेदवारलगायत जो कोहीलाई स्पष्टीकरण सोध्नेदेखि कारबाहीसम्मको कानुनी व्यवस्था रहेको बताउनुभयो । “आचारसंहिता विपरीत मिथ्यापूर्ण सूचना सम्प्रेषण गर्ने, दुष्प्रचार गर्ने, र द्वेषपूर्ण अभिव्यक्ति दिनेलाई रु एक लाखसम्मको जरिवानासहित कानुनी कारबाही हुन्छ”, उहाँले भन्नुभयो, “आचारसंहिता पालनाका सन्दर्भमा प्रभावकारी अनुगमन र निगरानी हुन्छ ।”रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.