सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पर्वले सद्भाव र भाइचाराको सन्देश प्रवाह गर्दै आएका छन्ः सभापति खड्का


  •    न्युजभित्तो/६ माघ २०८२, सोमबार १५:३५ 
  • काठमाडौँ, ५ माघ । शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वले आपना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षण तथा प्रवद्र्धनमा सबैलाई प्रेरित गर्दै आएको उल्लेख गर्नुभएको छ ।

    तामाङ जातिको पर्व ‘सोनाम ल्होसार’ अर्थात् नयाँ वर्षका अवसरमा शुभकामना व्यक्त गर्दै कावा सभापति खड्काले पर्वले सामाजिक सद्भावलाई समेत थप सुदृढ बनाउँदै आएको बताउनुभएको छ । विविधताले भरिएको हाम्रो समाजमा गर्व गर्न लायक धार्मिक सांस्कृतिक र ऐतिहासिक रीतिरिवाज तथा परम्परा रहेका र तीमध्ये सोनाम ल्होसारले तामाङ समुदायको सामाजिक जीवनमा गहिरो छाप छोड्दै विशिष्ट पहिचान स्थापित गरेको उहाँको भनाइ छ ।

    कावा सभापति खड्काले प्रकृतिप्रेमीका रुपमा परिचित तामाङ समुदायले यस पर्वका अवसरमा कुलपुजा तथा प्रकृतिको आराधना गर्दै आपसी सद्भाव, सहिष्णुता र भाइचाराको सन्देश प्रवाह गर्दै आएका उल्लेख गर्नुभएको छ । उहाँले यो पर्वले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने विश्वासका साथ सबैमा शुभकामना व्यक्त गर्नुभएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन
    • भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    • लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    • वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.