सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विकास देखिने गरी हुनुपर्छः मन्त्री भण्डारी


  •    न्युजभित्तो/६ माघ २०८२, सोमबार १५:११ 
  • अत्तरिया (कैलाली), ५ माघ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले विकास देखिने गरी हुनुपर्ने बताउनुभएको छ ।

    धनगढी उपमहानगरपालिकाद्वारा आयोजित ‘प्रदेशस्तरीय सीप तथा रोजगार मेला–२०८२’ को आज उद्घाटन गर्दै मन्त्री भण्डारीले विकासले परिणाम खोज्ने बताउनुभयो । सुदूरपश्चिम प्रकृति र संस्कृति दुबैमा धनी भएकाले त्यसको मिश्रण नहुँदा विकास हुन नसकेको बताउनुभयो ।

    मन्त्री भण्डारीले श्रम मन्त्रालयमा भएका विभिन्न कार्यक्रमलाई द्रुत मार्गबाट सुदूरपश्चिममा ल्याउने प्रयास गरिने बताउनुभयो । उहाँले देशमा रोजगारीका अवसर सिर्जना गर्नुपर्ने उल्लेख गर्दै युवामा भएको प्रचुर शक्तिलाई प्रयोग गर्न दिने वातावरण नुहँदा युवा विदेशिने गरेका बताउनुभयो । 

    उहाँले भन्नुभयो, “युवामा भएको ऊर्जा प्रयोग गर्ने वातावरण भएन । युवाको त्यो उकुसमुकुसता र छटपटी विस्फोटका रुपमा प्रकट भएको छ । जेनजी आन्दोलन युवाको ऊर्जाको विस्फोट थियो । त्यो आन्दोलन थिएन ।” 

    श्रम मन्त्रालयले आन्तरिक रोजगारका लागि कार्यविधि बनाएर केही कुरा अगाडि बढाएको मन्त्री भण्डारीले बताउनुभयो । मेलामा सात क्षेत्रका २२ विधामा तालिम सञ्चालन हुने बताइएको छ । मेला ४० दिनसम्म सञ्चालन हुनेछ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन
    • भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    • लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    • वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.