सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपाली पहिचान निर्माण गर्न पर्वहरूको महत्त्वपूर्ण योगदान हुन्छः पूर्वप्रधानमन्त्री नेपाल


  •    न्युजभित्तो/६ माघ २०८२, सोमबार १३:३५ 
  • काठमाडौँ, ५ माघ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले चाडपर्वहरूले आपसी एकता, सद्भाव र सामाजिक सहअस्तित्वलाई सुदृढ बनाउने बताउनुभएको छ ।

    तामाङ समुदायले मनाउने सोनाम ल्होसारका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले प्रत्येक जातजाति तथा धर्मावलम्बीका आ–आफ्नै मौलिक सांस्कृतिक चाडपर्वहरूको संरक्षण गर्नुपर्ने बताउनुभयो । उहाँले नेपालीहरूले आफ्नै मौलिक पहिचानसहित मनाउने पर्वले आपसी एकता, सहकार्य, मित्रता र सहिष्णुतालाई अझ मजबुत बनाउन प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

    सहसंयोजक नेपालले मुलुकको भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय तथा भाषिक विविधतालाई एकापसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान निर्माण गर्न पर्वहरूको महत्त्वपूर्ण योगदान रहेको विचार व्यक्त गर्नुभयो ।

    यसैबीच पूर्वप्रधानमन्त्री झलनाथ खनालले ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि तथा प्रगतिको कामना गर्दै नेपाल एक बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक भएकाले सबै समुदायका मौलिक चाडपर्व तथा संस्कृतिको संरक्षण गर्नुपर्ने उल्लेख गर्नुभयो ।

    उहाँले विदेशी हस्तक्षेप र तोडफोडले देश थिलथिलो बनेको अवस्थामा देशका सबै जातजातिका जनता एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो । नेता खनालले मुलुकलाई सामाजिक न्याय र समानतासहितको समुन्नत समाजवाद निर्माणको बाटोमा दृढतापूर्वक हिँड्नुपर्ने उल्लेख गर्नुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन
    • भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    • लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    • वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.