सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पर्यटन विकासका लागि प्रदेश सरकार प्रतिबद्ध छ: मुख्यमन्त्री बानियाँ


  •    न्युजभित्तो/६ माघ २०८२, सोमबार १३:३० 
  • बागमती, ५ माघ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशभित्र बसोबास गर्ने जातजातिका संस्कृतिहरूको संरक्षण तथा प्रवर्द्धन गर्दै पर्यटन विकासका लागि संस्कृतिको जगेर्ना गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

    तामाङ समुदायको नयाँ वर्ष तथा सोनाम ल्होसार पर्व २०८२ को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले सङ्घीयतापश्चात प्रदेश सरकारद्वारा तामाङ भाषालाई प्रदेशको सरकारी कामकाजको भाषाका रूपमा प्रयोग ल्याइसकेकाले यसबाट तामाङ भाषाको थप संरक्षण एवं प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

    यस पर्वले सबै नेपालीबीच आत्मियता, आपसी समझदारी, एकता, सामाजिक सद्भाव कायम गर्दै देशको समृद्धि एवं अमनचयन कायमत गर्ने वातावारण निर्माण भई समुन्नत प्रदेश निर्माण गर्नेतर्फ उत्प्रेरणा मिलोस् भने कामना उहाँले गर्नुभएको छ ।

    सबै चाडपर्व र संस्कृतिहरूको संरक्षण तथा सम्वर्द्धन गर्नु सबेको दायित्व भएको उल्लेख गर्नुहुँदै मुख्यमन्त्री बानियाँले चाडपर्व र संस्कृतिलाई विकसित तुल्याएर राष्ट्रिय एकता हासिल गर्दै समृद्धिको सामाजिक परिवर्तनलाई संस्थागत गर्न प्रदेश सरकार दृढ सङ्कल्पित रहेको बताउनुभएको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन
    • भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    • लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    • वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.