सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

हेल्प नेपालले उचाल्यो पुरुष भलिबलको उपाधि


  •    न्युजभित्तो/१० माघ २०७६, शुक्रबार २२:५८ 
  • काठमाडौँ । पाँचौँ आरबिबी एनभिए क्लब च्याम्पियनशिपअन्तर्गत पुरुष भलिबलको उपाधि हेल्प नेपालले जितेको छ । त्रिपुरेश्वरस्थित कभर्ड हलमा आज भएको पुरुषतर्फको फाइनल खेलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई ३–० सेटले हराउँदै हेल्प नेपालले उपाधि जितेको हो ।

    हेल्प नेपालले उक्त खेल २५–१७, २५–१४ र २५–२१ अङ्कले जितेको हो । हेल्प नेपालले तीन भारतीय खेलाडीलाई आफ्नो टोलीमा समावेश गरेको थियो । तिनै भारतीय खेलाडीको एपिएफसितको खेलमा दबदबा थियो । हेल्प नेपालले उपाधिसँगै रु दुई लाख पुरस्कार प्राप्त गरेको छ । उपविजेता एपिएफले रु एक लाख पुरस्कार प्राप्त गर्यो । पुरुषतर्फको तेस्रो स्थानका लागि भएको खेल आर्मीले पुलिस क्लबलाई ३–० सेटले पराजित गर्दै रु ५० हजार पुरस्कार प्राप्त गर्यो । प्रतियोगितालाई राष्ट्रिय वाणिज्य बैंकले मुख्य प्रायोजन गरेको थियो ।

    अमित र प्रतिभा सर्वोत्कृष्ट खेलाडी

    हेल्प नेपालका अमित कुमार र न्यू डायमन्ड स्पोर्टस क्लबकी प्रतिभा माली पाँचौँ आरबिबी एनभिए क्लब भलिबल च्याम्पियनशिपको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । दुवै जनाले जनही रु २५ हजार पुरस्कार प्राप्त गर्नुभयो । प्रतिभा उत्कृष्ट सर्भरसमेत भइन् । महिलातर्फ एपिएफकी सरस्वती चौधरी उत्कृष्ट स्पाइकर, एपिएफकै विनिता बुढाथोकी उत्कृष्ट सेटर, आर्मीकी सुनिता खड्का उत्कृष्ट ब्लकर, न्यू डायमन्डकी सलिना श्रेष्ठ उत्कृष्ट लिबरो र एपिएफका महेश चौधरी उत्कृष्ट प्रशिक्षक घोषित हुनुभयो ।

    यस्तै पुरुषतर्फ आर्मीका राजेन्द्र विष्ट उत्कृष्ट स्पाइकर, हेल्प नेपालका याम क्षत्री उत्कृष्ट ब्लकर, हेल्प नेपालकै विकास कुमार उत्कृष्ट सेटर, एपिएफका विनोद चन्द उत्कृष्ट लिबरो, एपिएफकै विजय थापा उत्कृष्ट सर्भर तथा हेल्प नेपालका स्वम्भीराम बलवानसिंह उत्कृष्ट प्रशिक्षक घोषित गरिएको आयोजक नेपाल भलिबल सङ्घका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो । उत्कृष्टले जनही रु १० हजार पुरस्कार प्राप्त गर्नुभयो । राष्ट्रिय वाणिज्य बैंकको प्रायोजनमा माघ ३ देखि शुरु भएको प्रतियोगितामा पुरुषतर्फ १० तथा महिलातर्फ सात टोली सहभागी थिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मत्स्यनारायण मन्दिरमा एकमहिने मेला सुरु
    सडकको सुरक्षा प्रत्येक नागरिकको दैनिकी र व्यवहारसँग जोडिएको छः सचिव सिग्देल
    पटक–पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै
    • म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती
    • एलपी ग्यास खरिदमा अर्बौ बाहिरिएपछि विद्युतीय चुह्लोमा अनुदान दिने सरकारको रणनीति
    • प्रजनन स्वास्थ्यमा कानुनी अड्चन हटाउन सरोकारवालाको जोड
    • पर्वतमा मदन स्मृति पुस्तकालय स्थापना

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.