सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सुरक्षा निकायका टोलीद्वारा मतदानस्थलको अनुगमन


  •    न्युजभित्तो/६ माघ २०८२, सोमबार १२:२५ 
  • म्याग्दी, ५ माघ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ का लागि जिल्लामा तयारी तीव्र पारिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला निर्वाचन कार्यालय, प्रशासन, सुरक्षा निकाय र राजनीतिक दलहरु चुनावको तयारीमा जुटेका हुन् । जिल्ला निर्वाचन अधिकारी बिमलप्रसाद गौतमले मतदानस्थल, मतदान केन्द्र छनोट, अन्तिम मतदाता नामावली कायम, अस्थायी मतदाता नामावली सङ्कलन, कर्मचारी र मतदान सामग्रीको व्यवस्थापनमा जुटेको जानकारी दिनुभयो ।

    प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक निर्वाचन क्षेत्र र छ स्थानीय तह रहेको जिल्लामा ८६ हजार तीन सय ९७ मतदाता छन् । ४२ हजार तीन सय ३२ जना पुरुष, ४४ हजार ६४ जना महिला र एक जना यौनिक तथा लङ्ैगिक अल्पसङ्ख्यक समुदायका मतदाता रहेका छन् ।

    अघिल्लो चुनावको तुलनामा आगामी चुनावका लागि दुई सय ७७ जना मात्र मतदाता थपिएका हुन् । विसं २०७९ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ८६ हजार एक सय २० जना मतदाता थिए ।

    ८२ मतदानस्थल र एक सय २० मतदान केन्द्र कायम भएको छ । जिल्ला सुरक्षा समितिले भौगोलिक अवस्था र सुरक्षाका हिसाबले मतदान केन्द्रलाई अति संवेदनशील, संवेदनशील र सामान्य वर्गमा विभाजन गरिएको छ ।

    १५ अति संवेदनशील, ५८संवेदनशील र आठ सामान्य मतदानस्थल प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले बताउनुभयो । मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापा, प्रजिअ आचार्यलगायत सुरक्षा अधिकारीको टोलीले मतदानस्थलको अनुगमनलाई तीव्रता दिनुभएको छ ।

    निर्वाचन प्रहरीमा भर्ना हुनका लागि म्याग्दीमा एक हजार छ सय १९ जनाको आवेदन परेको प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले बताउनुभयो । सोमबारदेखि निर्वाचन प्रहरी छनोट प्रक्रिया अघि बढाइने उहाँले बताउनुभयो । म्याग्दीमा आठ सय ६१ जना निर्वाचन प्रहरी भर्ना गरिने भएको छ ।

    मुख्य निर्वाचन अधिकृतको कार्यालयले चुनावको तयारीका विषयमा राजनीतिक दल र सरोकारवालासँग छलफल गरेको छ । जिल्ला न्यायाधीशसमेत रहेका मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापाले जिल्लाका सबै सरोकारवालाको सहयोगबाट म्याग्दीमा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ र निपष्क्ष रुपमा सफल बनाइने बताउनुभयो ।

    “जिल्लामा सबै पक्षसँग सहकार्य गरेर चुनावलाई स्वतन्त्र र निष्पक्ष वातावरणमा सम्पन्न गराउनका लागि हामी अघि बढेका छौँ,” उहाँले भन्नुभयो “सामूहिक प्रयत्नबाटनै चुनावलाई स्वच्छ र निष्पक्ष बनाउने राष्ट्रिय दायित्व पूरा हुनेछ ।”

    जिल्लामा नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा सदस्यको उमेदवार टुङ्गो लगाएका छन् । एमालेले केन्द्रिय सदस्य हरिकृष्ण श्रेष्ठ र नेकपाले युवा नेता अर्जुन थापालाई उमेदवार बनाउने निर्णय गरेको हो ।

    नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राप्रपालगायत राजनीतिक दलको उमेद्वार टुङ्गो लगाउन बाँकी छ । नेपाली कांग्रेसले जिल्ला सभापति खमबहादुर गर्बुजा (खम्बिर) र उपसभापति कर्णबहादुर भण्डारी ९केबी० तथा रास्वपाले जिल्ला सभापति युवराज रोकाको नाम उमेदवारका लागि सिफारिस गरेका थिए ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    करदाता प्रोत्साहन उपहारः दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा
    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
    ‘परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ’
    • बाघ र चितुवा अनुगमन गर्न क्यामरा जडान
    • २५० रुपैयाँको सामान किन्दा ग्राहकले जिते १० लाखको बम्पर उपहार
    • सुनको मोल तोलामा आठ हजारले वृद्धि
    • अब दुई घण्टामा नारायणगढदेखि बुटवल सरर ….

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.