सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

निर्वाचन प्रहरीमा आवेदन कम परेपछि म्याद थप


  •    न्युजभित्तो/३ माघ २०८२, शुक्रबार १६:४६ 
  • गण्डकी, २ माघ । कास्की, बागलुङ, मुस्ताङलगायत जिल्लामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिने निर्वाचन प्रहरीका लागि दरखास्त दिने म्याद दुई दिन थप गरिएको छ । 

    यसअघि गत पुस २५ गतदेखि बिहीबारसम्म दरखास्त माग गरिएकामा आवेदन कम परेको हुनाले शनिबारसम्म म्याद थप गरिएको निर्वाचन प्रहरी भर्ना छनोट तथा नियुक्ति समिति कास्कीले जनाएको छ । समितिका सदस्य सचिव एवं सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार कास्कीमा दुई हजार ३०३ निर्वाचन प्रहरी परिचालन गरिने भएको छ । निर्वाचन प्रहरीमा भर्नाका लागि जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल, नेपाल नं २४ कालिका गणमा दरखास्त बुझाउन सकिने उहाँले बताउनुभयो । 

    निर्वाचन प्रहरी भर्नामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलबाट सेवानिवृत्त पूर्वसुरक्षाकर्मी, पूर्ववनरक्षक, यसअघि सम्पन्न भएका विभिन्न निर्वाचनमा म्यादी प्रहरीका रुपमा सन्तोषजनक काम गरेका व्यक्ति र विदेशी मित्र राष्ट्रका सुरक्षा निकायमा काम गरी सेवानिवृत्त भएका नेपाली नागरिकलाई प्राथमिकता दिइने भएको छ । 

    अठार वर्ष पूरा भई ५४ वर्ष ननाघेको साधारण लेखपढ गर्न जान्ने व्यक्तिले निर्वाचन प्रहरीका लागि दरखास्त दिन पाउने सहायक प्रमुख जिल्ला अधिकारी बरालले जानकारी दिनुभयो । माघ ५ देखि १० गतेभित्र छनोट प्रक्रिया सकिने र १२ गते नतिजा प्रकाशन गरिने उहाँको भनाइ छ । आवदेन लिइसकेपछि यही निर्वाचन प्रहरी छनोट र भर्नाको प्रक्रिया अगाडि बढ्ने जनाइएको छ । छनोटमा परेका निर्वाचन प्रहरीलाई माघ १५ देखि २४ गतेसम्म प्रशिक्षण दिइने समितिले जनाएको छ । निर्वाचन प्रहरीको कार्य अवधि ४० दिन तोकिएको छ । 

    निर्वाचन प्रहरीले ४० दिनको रु ३४ हजार ७७६, खाद्यान्न र पोसाकबापतको रकम, तयारी खर्च रु ८४६ र चार दिनको खाजा खर्च रु एक हजार २०० उपलब्ध गराइने छ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको निर्वाचन प्रहरी भर्ना छनोट तथा नियुक्त गर्नेछ । जिल्ला प्रशासन कार्यालयले निर्वाचनलाई लक्ष्य गरी जिल्लाको सुरक्षा व्यवस्थालाई चुस्त र प्रभावकारी बनाउन तयारी अगाडि बढाएको छ ।   

    कार्यालयले कुनै व्यक्ति वा समूहसँग अवैध हातहतियार भएमा यही माघ १५ गतेभित्र नजिकको प्रहरी कार्यालयमा बुझाउन सार्वजनिक रुपमा सूचित गरेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताउनुभयो । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरण सम्पन्न गर्न कार्यालयले उक्त आग्रह गरेको हो । तोकिएको समयमा हातहतियार तथा खरखजना नबुझाएमा प्रचलित कानुन बमोजिम कारबाही हुने जनाइएको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन
    • भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    • लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    • वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.