सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पर्सामा निर्वाचन प्रहरीका लागि मागभन्दा दोब्बर बढीको आवेदन


  •    न्युजभित्तो/३ माघ २०८२, शुक्रबार १२:१० 
  • वीरगञ्ज (पर्सा), २ माघ । जिल्लामा आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आह्वान भएको निर्वाचन प्रहरीका लागि मागभन्दा दोब्बर बढीले आवेदन दिएका छन् । 

    निर्वाचन प्रहरीमा भर्ना छनोट तथा नियुक्ति समिति पर्साले यहाँ नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैतर्फ गरेर दुई हजार ८५२ जना आवेदन माग गरेको थियो । यहाँ नेपाल प्रहरीतर्फ मात्रै पाँच हजार ३९९ जनाको आवेदन परेको छ । सशस्त्र प्रहरीतर्फ ३८५ निर्वाचन प्रहरीको आवेदन माग गरिएकामा माघ १ गतेसम्म ५२१ जनाले आवेदन दिएका छन् । 

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतले निर्वाचन प्रहरीमा उल्लेखनीय आवेदन परेको जानकारी दिनुभयो । यहाँ पहिलो पटक आवेदन दिने पुरुषको सङ्ख्या तीन हजार १४७ जना रहेका छन् । नयाँ आवेदन दिने महिलाको सङ्ख्या भने ६०३ जना रहेका छन् । निर्वाचन प्रहरीमा विगतमा म्यादी प्रहरीको रूपमा खटिएका ६८७ जना पुरुष र १५३ जना महिलाको आवेदन परेको उहाँले बताउनुभयो । 

    यस्तै, गरी पूर्वसुरक्षाकर्मीको तर्फबाट भने १२ जना पुरुष रहेका छन् भने विदेशी सैनिकबाट अवकाश प्राप्त गरेका एक जना रहेका छन् ।  

    सशस्त्र प्रहरी बल पर्साका सूचना अधिकारी मोहन निरौलाले निर्वाचन प्रहरीमा युवादेखि अन्य उमेर समूहको आकर्षण रहेको बताउनुभयो । सशस्त्र प्रहरीतर्फ माघ ३ गतेसम्म आवेदन दिन मिल्ने व्यवस्था गरिएको छ । 

    यसैगरी रौतहट जिल्लामा आह्वान गरिएको निर्वाचन प्रहरीमा नेपाल प्रहरी र सशस्त्रतर्फ गरेर छ हजार ७३६ जनाको आवेदन परेको छ । जसमा पाँच हजार ३४८ जना पुरुष र ९३६ जना महिलाको आवेदन परेको छ । रौतहटमा नेपाल प्रहरीतर्फ तीन हजार ४६६ जना र सशस्त्र प्रहरीतर्फ ३८५ जनाको आवेदन माग गरिएको थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    करदाता प्रोत्साहन उपहारः दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा
    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
    ‘परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ’
    • बाघ र चितुवा अनुगमन गर्न क्यामरा जडान
    • २५० रुपैयाँको सामान किन्दा ग्राहकले जिते १० लाखको बम्पर उपहार
    • सुनको मोल तोलामा आठ हजारले वृद्धि
    • अब दुई घण्टामा नारायणगढदेखि बुटवल सरर ….

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.