एमाले बागमती प्रदेश कमिटी होमियो निर्वाचनमा, विशेष चुनावी अभियानको तयारी
न्युजभित्तो/२ माघ २०८२, बिहीबार १३:०४
काठमाडौँ, १ माघ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को बागमती प्रदेश कमिटीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विशेष चुनावी अभियानको तयारी पूरा भएको जनाएको छ ।
पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा आज आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो । यही माघ ४ गते काठमाडौँको भृकुटीमण्डपबाट जनप्रदर्शनसहित कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा पुगेर सभामार्फत् अभियान थालिने छ । सभालाई एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नुहुनेछ । निर्वाचन केन्द्रित विशेष कार्यक्रममा २० औं हजारको जनप्रदर्शन सहित माघ ४ गते, दिउँसो १२ बजे, प्रदर्शनीमार्ग काठमाडौँमा जम्मा भई विशाल जुलुससहित प्रज्ञा भवन, कमलादी पुगेर सभामा परिणत हुने उहाँले जानकारी दिनुभयो ।
एमालेका सचिव एवं बागमती प्रदेशका इञ्चार्ज महेश बस्नेतले आफ्नो प्रदेश निर्वाचन केन्द्रित विशेष अभियानमा तीव्रताका साथ लागेको बताउँदै चुनावका लागि सुरक्षित वातारण बनाउन सरकारसँग आग्रह गर्नुभयो । प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुङ्गेलले एमालेले निर्वाचनलाई लोकतान्त्रिक पद्धतिको पुनःस्थापनाका रूपमा लिएको स्पष्ट गर्नुभयो ।