सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘स्वदेशी स्रोतसाधनको प्रयोग गरेर निर्वाचनका कार्यक्रम सञ्चालन भइरहेका छन्’


  •    न्युजभित्तो/१ माघ २०८२, बुधबार १३:३८ 
  • काठमाडौँ, ३० पुस । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले विदेशी सहयोगबिना, स्वदेशी स्रोतसाधनको अधिकतम प्रयोग गरेर निर्वाचनका कार्यक्रम सञ्चालन भइरहेका बताउनुभएको छ ।

    मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत तथा प्रदेश र जिल्लाका निर्वाचन अधिकारीका लागि आयोजित दुईदिने अभिमुखीकरण कार्यक्रम समापन समारोहलाई सोमबार यहाँ सम्बोधन गर्दै उहाँले निर्वाचनका लागि कर्मचारीको सेवासुविधा कटौती गर्नुपर्ने अवस्था नभएको स्पष्ट पार्नुभयो ।

    निर्वाचनको मिति घोषणा भइसकेपछि विधि र प्रविधि परिवर्तन गर्न नमिल्ने कार्यवाहक प्रमुख आयुक्त भण्डारीले बताउनुभयो । यो अभ्यास अन्तरराष्ट्रिय निर्वाचन कानुनविपरीत हुने उहाँले जानकारी दिनुभयो । 

    “निर्वाचनको मिति घोषणा भइसकेपछि विधि र प्रविधि परिवर्तन गरेर निर्वाचन हुँदैन, यो अन्तरराष्ट्रिय निर्वाचन कानुनको मान्यता विपरीत हो”, कार्यवाहक प्रमुख आयुक्त भण्डारीले भन्नुभयो । आचारसंहिता अनुगमन, निर्वाचन कार्यालयको व्यवस्थापन, शान्ति–सुरक्षा तथा गलत र भ्रामक सूचना नियन्त्रण गर्नु आयोगका लागि प्रमुख चुनौती रहेको उहाँले बताउनुभयो । यस विषयमा आयोग सचेत र सक्रिय रहेको उहाँले उल्लेख गक्र्नुभयो । 

    आचारसंहिता अनुगमनको सन्दर्भमा आयुक्त भण्डारीले विगतबाट पाठ सिक्दै सुधारका उपाय खोज्न थालिएको बताउनुभयो । निर्वाचन कार्यालयको स्थानबारे उहाँले सबै निर्वाचन कार्यालय सदरमुकाममा राख्ने विषय आयोगको एकल निर्णयले सम्भव नहुने जानकारी गराउनुभयो ।

    शान्ति–सुरक्षाका विषयमा सरकारसँग समन्वय आवश्यक हुने कार्यवाहक प्रमुख आयुक्त भण्डारीको भनाइ छ । सरकारसँगको समन्वयमा शान्ति सुरक्षाको व्यवस्थापनमा काम भइरहेको जानकारी उहाँले गराउनुभयो ।

    अभिमुखीकरणमा करिब १२० जना मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको सहभागिता थियो । काठमाडौँसँगै चितवन, विराटनगर र नेपालगञ्ज गरी चार स्थानका ७७ जिल्लाकै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई अभिमुखीकरण गरिएको आयोगका प्रवक्ता नारायणपसाद भट्टराईले जानकारी दिनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन
    • भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    • लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    • वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.