गण्डकी, २९ पुस । प्रतिनिधिसभा सदस्य चुनाव आउन मात्र ५१ दिन बाँकी छ । मतदानको दिन नजिकिएसँगै जिल्लाजिल्लामा चुनावी गतिविधि बढ्न थालेको छ । चुनावलाई लक्ष्य गरी राजनीतिक दलहरूले सक्रियता बढाएका छन् । निर्वाचन कार्यालयहरू उम्मेदवारको मनोनयन दर्तादेखि अन्य व्यवस्थापकीय तयारीमा जुटेका छन् । सुरक्षा निकाय चुनावी सुरक्षा योजना निर्माण र कार्यान्वयनमा केन्द्रित बनेको छ ।
प्रदेश निर्वाचन कार्यालय, पोखराका सूचना अधिकारी रुद्रप्रसाद न्यौपानेले आगामी शुक्रबार सबै जिल्लामा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने बताउनुभयो । “निर्वाचन अधिकृतको कार्यालय स्थापना भएपछि निर्वाचनसम्बन्धी सबै काम त्यहीँबाट सम्पादन हुन्छ”, उहाँले भन्नुभयो, “माघ ६ गते हुने उम्मेदवारको मनोनयन दर्ताका लागि आवश्यक तयारी पूरा भइसकेको छ ।” मनोनयन दर्तापछि चुनावी गतिविधि थप तीव्र हुने उहाँको भनाइ छ ।
कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले चुनाव केन्द्रित सुरक्षा योजना तयार भई कार्यान्वयनमा गइसकेको बताउनुभयो । “तीनै तहका सुरक्षा निकाय चुनावको शान्ति सुरक्षामा खटिएका छन्, नियमित गस्ती र सुरक्षा निगरानी बढाइएको छ”, उहाँले भन्नुभयो, “मतदानस्थलको अनुगमन र संवेदनशीलता पहिचान गरिएको छ ।” मतदानस्थलसम्म मतदातालाई सहज रूपमा आवतजावत गर्ने व्यवस्थाका लागि बाटोघाटो मर्मतसुधारका लागि सम्बन्धित निकायलाई अनुरोध गरिएको प्रजिअ शर्माले बताउनुभयो ।
आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनसँगै दुवै निर्वाचनलाई लक्ष्य गरी जिल्लाका सुरक्षा व्यवस्था चुस्त पारिएको उहाँको भनाइ छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना छनोट तथा नियुक्तिको प्रक्रिया पनि अगाडि बढेको प्रजिअ शर्माले बताउनुभयो । कास्कीमा दुई हजार ३०० निर्वाचन प्रहरी खटाइने भएको छ । निर्वाचन प्रहरी भर्नाका लागि आगामी माघ १ गतेभित्र दरखास्त माग गरिएको निर्वाचन प्रहरी भर्ना छनोट तथा नियुक्ति समितिले जनाएको छ ।
माघ ५ देखि १० गतेभित्र छनोट प्रक्रिया सकिने र १२ गते नतिजा प्रकाशन गरिने समितिले जनाएको छ । माघ १५ देखि २४ गतेसम्म निर्वाचन प्रहरीलाई प्रशिक्षण दिइने भएको छ । निर्वाचन प्रहरीको कार्यअवधि ४० दिन तोकिएको छ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको उक्त समितिले निर्वाचन प्रहरी भर्ना छनोट तथा नियुक्त गर्नेछ । निर्वाचनको मिति नजिकिँदै गर्दा राजनीतिक गतिविधि पनि बढेको छ । दलहरू चुनावलक्षित अभियान र कार्यक्रममा केन्द्रित बनेका छन् । नेकपा ९एमाले० गण्डकी प्रदेशका अध्यक्ष नवराज शर्माले एमाले उम्मेदवार छनोट र मनोनयन दर्ताको तयारीमा जुटेको बताउनुभयो ।
“एमालेले जिल्लाबाट सिफारिस भएर आएका उम्मेदवारका सबै नामलाई प्रदेशबाट केन्द्रमा पठाइएको छ, मनोनयनको मिति नजिकिएकाले एमालेलगायत दलहरू उम्मदेवार छनोटमा केन्द्रित छन्”, उहाँले भन्नुभयो, “जिल्लाजिल्लामा निर्वाचनको माहोल बढेको देखिन्छ, दलहरूले राजनीतिक सक्रियता बढाएका छन्, उम्मेदवारका दाबेदार पनि टिकट ल्याउन प्रयासरत छन् ।” गण्डकी प्रदेशमा क्रियाशील अन्य राजनीतिक दलले पनि आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिससँगै पार्टीका साङ्गठानिक गतिविधिलाई तीव्र पारेका छन् । रासस