सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

निर्वाचन व्यवस्थापनसम्बन्धी दुई दिने अभिमुखिकरण सुरु


  •    न्युजभित्तो/२८ पुष २०८२, सोमबार १२:३८ 
  • नेपालगञ्ज, २८ पुस । मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत तथा प्रदेश, जिल्ला निर्वाचन अधिकारीका लागि निर्वाचन व्यवस्थापनसम्बन्धी दुई दिने अभिमूखिकरण कार्यक्रम आज यहाँ सुरु गरिएको छ ।

    अभिमुखिकरणको शुभारम्भ गर्दै निर्वाचन आयोगका आयुक्त डा जानकीकुमारी तुलाधरले निर्वाचन लोकतन्त्रको मूल आधार भएको बताउनुभयो । उहाँले यस निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित, समावेशी तथा विश्वसनीय रुपमा सम्पन्न गर्न प्रतिबद्धताका साथ कार्य गरिरहेको जानकारी दिनुभयो ।

    निर्वाचन आयुक्त डा तुलाधरले भन्नुभयो, “निर्वाचनमार्फत जनताको सार्वभौम अधिकारको प्रयोग सुनिश्चित गर्दै लोकतान्त्रिक संस्थालाई सुदृढ बनाउन आयोगको प्रमुख दायित्व हो ।”

    उहाँले गुनासो तथा विवाद व्यवस्थापनमा कानुनसम्मत, निष्पक्ष र समयवद्ध तथा विवेक र औचित्यपूर्ण निर्णय प्रणाली अवलम्बन गरिरहनु उपयुक्त हुने कुरामा जोड दिँदै महिला, दलित, आदिवासी, जनजाति, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, यौनिक अल्पसङ्ख्यकसहित सबै समुदायको समान सहभागिता सुनिश्चित गर्न आयोग प्रतिबद्ध रहेको बताउनुभयो ।

    “निर्वाचन सञ्चालनका क्रममा सार्वजनिक स्रोत उपयोगमा पारदर्शीता, मितव्ययिता, वित्तीय अनुशासन तथा उत्तरदायित्व अनिवार्य हुन्छ”, आयुक्त डा तुलाधरले भन्नुभयो । आजको डिजिटल युगमा सामाजिक सञ्जाल डिजिटल माध्यममार्फत द्वेषपूर्ण अभिव्यक्ति, मिथ्या सूचना, दुष्प्रचार वा अफवाहले निर्वाचनको विश्वसनीयतामा चुनौती सिर्जना गर्न सक्ने भएकाले सचेत रहन उहाँले आग्रह गर्नुभयो ।

    यस निर्वाचनमा नवयुवा पुस्ताको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको उल्लेख गर्दै आयुक्त डा तुलाधरले आयोगले संविधान, निर्वाचनसम्बन्धी ऐन, नियमावली, निर्देशिका, कार्यविधि, निर्वाचन आयोगद्वारा जारी मापदण्डको पूर्ण पालना विश्वसनीयताको आधार भएको बताउनुभयो । सचिव पारश्वर ढुङ्गानाले विगतमा भएका निर्वाचनबाट शिक्षा लिएर आगामी निर्वाचनलाई प्रभावकारी बनाउन आग्रह गर्दै सैद्धान्तिक कुरा सँगसँगै व्यवहारिक कुरामासमेत जोड दिइने बताउनुभयो ।

    दुई समूहमा निर्वाचन व्यवस्थापनका विषयमा छलफल हुने अभिमूखिकरणमा प्रतिनिधिसभा सदस्य निर्वाचन, संवैधानिक तथा कानुनी व्यवस्था र निर्वाचन कार्यक्रम सम्बन्धमा नेपाल सरकारका सचिव ढुङ्गानाले, निर्वाचनका विविध पक्ष, जनशक्ति, आर्थिक, सुरक्षा व्यवस्थापन एवं मतदाता शिक्षा सम्बन्धमा विज्ञ स्रोत व्यक्ति कोमलप्रसाद धमला, निर्वाचन व्यवस्थापनमा मिथ्या सूचना, दु्ष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति, नीतिगत व्यवस्था, नियमन र नियन्त्रण सम्बन्धमा सहसचिव सुभाषकुमार भट्टराईले सहजीकरण गर्नुहुनेछ ।

    त्यस्तै, निर्वाचन आयोगमा सञ्चालनमा रहेका सूचना प्रविधिसम्बन्धी प्रणाली स्रोत व्यक्ति वीरेन्द्रकुमार मिश्रले सहजीकरण गर्नुहुनेछ । अभिमूखिकरणमा लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका २७ जिल्लाका ६६ जना मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, जिल्ला निर्वाचन अधिकारी लगायतको सहभागिता रहेको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.