सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रसुवामा ३६ मतस्थल ५७ मतदान केन्द्र कायम


  •    न्युजभित्तो/२३ पुष २०८२, बुधबार ११:४९ 
  • रसुवा, २३ पुस । आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्यका लागि मतदानस्थल तथा मतदान केन्द्र निर्धारण कायम गरिएको छ ।

    जिल्ला निर्वाचन कार्यालयले मतदातालाई सहज र सरल बनाउन जिल्ला सुरक्षा समिति, स्थानीय मतदाता, बुद्धिजीवीसमेतको सुझावमा ती काम पूरा गरेको हो ।

    जिल्ला निर्वाचन अधिकारी राजन रायका अनुसार २१ हजार १४१ महिलासहित ४१ हजार ४७१ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्ने छन् । यसका लागि मतदानका लागि छनोट गरिएका ३६ मतस्थल ५७ मतदान केन्द्र कायम रहनेछन् ।

    यहाँका पाँच गाउँपालिकामध्ये उत्तरगया गाउँपालिकामा ११, कालिकामा १२, नौकुण्डमा १५, गोसाइँकुण्डमा १० मतदान केन्द्र रहने छन् । यसअघिको निर्वाचनमा ४० हजार ५०० मतदाताका लागि ५२ केन्द्र कायम गरिएको थियोभने हालको निर्वाचनमा अद्यावधिक गरिएको मतदाता नामावलीमा नाम थपिएका कारण मतदान केन्द्र क्रमशः वृद्वि गर्दै लगिएको बताइएको छ ।

    निर्धारित मतदान केन्द्रमध्ये १४ सामान्य, ३८ संवेदनशील र पाँचवटा अतिसंवेदनशीलमा वर्गीकरण गरिएको निर्वाचन अधिकारी रायले जानकारी दिनुभयो ।
    रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    परम्परागत कृषिलाई व्यावसायिक बनाउन सके किसानको जीवनस्तर उकासिन्छ: मन्त्री तामाङ
    भरतपुरको सिएमएस रोडमा आजदेखि खुल्यो अर्गानिक सप ‘आहार’
    भरतपुरको सिएमएस रोडमा खुल्यो अर्गानिक सप ‘आहार’
    • सेल्सबेरी चितवनको दोस्रो शाखा भरतपुरको बुद्धचोकमा, दुवै शाखाबाट १५ प्रतिशतसम्म छुट
    • आदिवासी जनजाति राज्यका गहना हुन्ः मन्त्री तामाङ
    • जनप्रतिनिधि जनताको सेवक हो, शासक होइनः स्वास्थ्य मन्त्री तामाङ
    • मासु जाँच ऐनः उद्देश्य सही, कार्यान्वयन किन हतारमा ?

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.