माघ १७ देखि चितवन प्रिमियर लीग हुँदै, उत्कृष्ट तीन खेलाडीले इपीएल खेल्न पाउने
न्युजभित्तो/९ माघ २०७६, बिहीबार १७:२६
चितवन । चितवनमा क्रिकेट खेलको विकासमा योगदान पुर्याउने मूल उद्धेश्यसहित माघ १७ देखि २५ गतेसम्म चितवन प्रिमियर लीग टि–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रतियोगिता नारायणगढस्थित क्याम्पाचौरमा हुनेछ ।
नारायणी एडभर्टाइजिङ एण्ड इभेन्ट्सको आयोजना र चितवन क्रिकेट संघ (क्याक)को सह–आयोजनामा हुन लागेको सो प्रतियोगितामा पाँच टिमको सहभागिता रहने विहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
नारायणी एडभर्टाइजिङ एण्ड इभेन्ट्स प्रालिका प्रबन्ध निर्देशक राजु चौधरीले प्रतियोगिताको तयारी तीव्र रुपमा भइरहेको जानकारी दिनुभयो । प्रतियोगितामा भरतपुर गुर्खाज, माडी टाइगर्स, इच्छाकामना वारियर्स, सौराहा स्याण्ड्स र राप्ती र्यापिड्स प्रतिस्पर्धा गर्दै छन् । प्रतियोगिताको विजेताले दुई लाख रुपैयाँ, ट्रफी, मेडल र उपविजेताले एक लाख रुपैयाँ, ट्रफी र मेडल प्राप्त गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई बेस्ट बलर, बेस्ट व्याट्सम्यान, बेस्ट अलराउण्डरको अवार्ड प्रदान गरिने छ । यस्तै प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई म्यान अफ दि म्याचको ट्रफी समेत प्रदान गरिने छ ।
प्रतियोगितामा उत्कृष्ट बलर, बेस्ट व्याट्सम्यान, बेस्ट अलराउण्डर गरि तीनजना खेलाडीले नेपालकै सबैभन्दा ठूलो व्यावसायिक लीग एभरेष्ट प्रिमियर लीग (इपीएल) को टिम टाइगर्सबाट खेल्न पाउने अवसर पाउने पनि आयोजकले बताएको छ । त्यसका लागि चितवन टाइगर्ससँग सम्झौता गरिसकिएको बताइएको छ ।
लीग चरणमा खेलाइने प्रतियोगिताका केही खेलहरु चितवनसँगै नेपालकै शानको रुपमा निर्माणधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा रहेको नमूना क्रिकेट खेल मैदानमा आयोजना गरिने आयोजकले जनाएको छ । जसले गर्दा रंगशाला निर्माणका लागि थप सहयोग मिल्ने आयोजक संस्था इभेन्ट्सका अध्यक्ष राजु चौधरीले जानकारी दिनुभयो ।
रंगशाला निर्माणका लागि आयोजकको तर्फबाट आर्थिक सहयोग गर्ने कार्यक्रम समेत रहेको छ । चितवनको क्रिकेट इतिहासिमा यति ठूलो पुरस्कार राशीको क्रिकेट प्रतियोगिता संभवत यो ठूलो प्रतियोगिता हो ।
चितवन । चितवनमा क्रिकेट खेलको विकासमा योगदान पुर्याउने मूल उद्धेश्यसहित माघ १७ देखि २५ गतेसम्म चितवन प्रिमियर लीग टि–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रतियोगिता नारायणगढस्थित क्याम्पाचौरमा हुनेछ ।
नारायणी एडभर्टाइजिङ एण्ड इभेन्ट्सको आयोजना र चितवन क्रिकेट संघ (क्याक)को सह–आयोजनामा हुन लागेको सो प्रतियोगितामा पाँच टिमको सहभागिता रहने विहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
नारायणी एडभर्टाइजिङ एण्ड इभेन्ट्स प्रालिका प्रबन्ध निर्देशक राजु चौधरीले प्रतियोगिताको तयारी तीव्र रुपमा भइरहेको जानकारी दिनुभयो । प्रतियोगितामा भरतपुर गुर्खाज, माडी टाइगर्स, इच्छाकामना वारियर्स, सौराहा स्याण्ड्स र राप्ती र्यापिड्स प्रतिस्पर्धा गर्दै छन् ।
प्रतियोगिताको विजेताले दुई लाख रुपैयाँ, ट्रफी, मेडल र उपविजेताले एक लाख रुपैयाँ, ट्रफी र मेडल प्राप्त गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।