सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘अर्चनाकृत रामायण’की लेखिका झा ‘राष्ट्रिय धरोहर नारीरत्न’ बाट सम्मानित


  •    न्युजभित्तो/१८ पुष २०८२, शुक्रबार १३:५० 
  • गोदावरी (ललितपुर), १८ पुस । राष्ट्रिय समाचार समितिको ललितपुर जिल्ला समाचारदाता एवम् ‘अर्चनाकृत रामायण’ का लेखिका अर्चनाकुमारी झालाई ‘राष्ट्रिय धरोहर नारीरत्न–२०८२’ बाट सम्मानित गरिएको छ ।

    मैथिली भाषामा लेखिएको ‘अर्चनाकृत रामायण’ जस्तो महत्वपूर्ण कृति सार्वजनिक गरी मुलुकको धार्मिक तथा सांस्कृतिक क्षेत्रको संरक्षणसहित जनचेतना जगाउन विशेष भूमिका निर्वाह गरेबापत उहाँलाई सम्मान गरिएको हो ।

    प्रतिष्ठानका संस्थापक अध्यक्ष राजनन्द माण्डव्यले मुलुकको सनातन धर्म, संस्कृति र मैथिली भाषाको संरक्षणसहित धार्मिक मूल्यमान्यतालाई आमजनतामाझ पुर्याउन उल्लेखनीय भूमिका निर्वाह गरेबापत सञ्चारकर्मी, समाजसेवी एवम् गृहणीको भूमिकामा समेत रहेकी ‘अर्चनाकृत रामायण’ का लेखिका झालाई सम्मान गरिएको स्पष्ट गर्नुभयो ।

    राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालद्वारा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले लेखिका एवम् पत्रकार झालाई सम्मान गर्नुभएको हो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    परम्परागत कृषिलाई व्यावसायिक बनाउन सके किसानको जीवनस्तर उकासिन्छ: मन्त्री तामाङ
    भरतपुरको सिएमएस रोडमा आजदेखि खुल्यो अर्गानिक सप ‘आहार’
    भरतपुरको सिएमएस रोडमा खुल्यो अर्गानिक सप ‘आहार’
    • सेल्सबेरी चितवनको दोस्रो शाखा भरतपुरको बुद्धचोकमा, दुवै शाखाबाट १५ प्रतिशतसम्म छुट
    • आदिवासी जनजाति राज्यका गहना हुन्ः मन्त्री तामाङ
    • जनप्रतिनिधि जनताको सेवक हो, शासक होइनः स्वास्थ्य मन्त्री तामाङ
    • मासु जाँच ऐनः उद्देश्य सही, कार्यान्वयन किन हतारमा ?

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.