सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बेलायती राजकुमार ह्यारीको मेगनसाथ क्यानडामा नयाँ जीवनको सुरूवात


  •    न्युजभित्तो/७ माघ २०७६, मंगलवार २३:३३ 
  • भ्यानकुभर । बेलायती राजकुमार ह्यारी मङ्गलबार क्यानडा पुग्नुभएको छ । गत शनिबार महारानी एलिजावेथले ह्यारी राजपरिवारको सक्रिय सदस्य नरहने घोषणा औपचारिक रुपमा स्वीकृत गर्नुभएको थियो ।

    ‘द ड्युक अफ ससेक्स’ ह्यारीले क्यानडामा रहेकी उहाँकी श्रीमती द डचेज अफ ससेक्स मेगनसँग नयाँ जीवन विताउनुहुने बताइएको छ । मेगन छोरा आर्चीसँगै यसभन्दा पहिल्यैदेखि क्यानडामा रहँदै आउनुभएको थियो । उहाँहरूले क्यानडा र बेलायतमा गरी समय बिताउने बताउनुभएको छ । त्यसकै तयारीका लागि ह्यारी क्यानडा गएको बताइएको छ ।

    आइतबार लण्डनमा भएको एक कार्यक्रममा सम्बोधनको क्रममा राजकुमार ह्यारीले अरु कुनै विकल्प नै नभएकाले राजपरिवारको सक्रिय सदस्यका रुपमा नरहने निर्णय लिएको बताउनुभएको थियो । राजपरिवारको शीर्ष सदस्य नरहने निर्णय लिनका लागि आफूले ‘आस्था वा निष्ठाको निर्णय’ लिएको उहाँको भनाई थियो ।

    आफू र श्रीमती मेगन जिम्मेवारीहरुबाट नभागेको बताउँदै ह्यारीले भन्नुभयो, “बेलायत मेरो घर हो र मैले माया गर्ने ठाउँ हो, यो कहिले पनि परिवर्तन हुने छैन ।” द ड्युक एण्ड डचेज अफ ससेक्सले उहाँहरुको घर फ्रोग्मोर कटेज पुनर्निर्माणका लागि खर्च भएको २.४ मिलियन पाउण्ड फिर्ता गर्ने इच्छा देखाउनुभएको जनाइएको छ । तर फ्रोग्मोर कटेज राजकुमार ह्यारी र मेगनको बेलायती परिवारिक घर रहने राजदरबारद्वारा जारी वक्तव्यमा उल्लेख छ । एजेन्सीको सहयोगमा

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    • ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.