सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव


  •    न्युजभित्तो/३ पुष २०८२, बिहीबार १३:४८ 
  • पाटन (ललितपुर), ३ पुस । उपराष्ट्रपति रामसहायप्रसाद यादवले मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य र समन्वय हुनुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।

    अर्थतन्त्रको दिगो विकासका लागि निजी क्षेत्रसँग संवाद गर्ने उद्देश्यसहित गोरखापत्र संस्थानको आयोजना र गोरखापत्र एकेडेमीको संयोजनमा भएको ‘गोरखापत्र डिस्कोर्स’ कार्यक्रममा उपराष्ट्रपति यादवले गोरखापत्र बहसमार्फत नेपालको आर्थिक पुरुत्थान, लगानीसम्बन्धी बहस, भविष्यका विकास रणनीति, स्मार्ट पूर्वाधार विकास र व्यवस्थापन, निजी क्षेत्रको आत्मविश्वासलगायत महत्वपूर्ण विषयमा छलफल हुनु सकारात्मक कदम भएको धारणा राख्नुभयो ।

    “यो छलफल तथा विमर्श बहसले मुलकको समग्र अर्थतन्त्रको अवस्था, चुनौती र सम्भावनासहितको सरकारको प्रयास तथा निजी क्षेत्रको अपेक्षाको विश्लेषण गर्दै ठोस् निष्कर्षमा पुग्ने विश्वास लिएको छु, युवापुप्ता जेनजीको आन्दोलन पश्चात् नेपालको अर्थतन्त्र र नीतिगत सुधारका विषयमा छलफल हुने विश्वास छ । मुलुकको हितमा सरकार र निजी क्षेत्र काँधमाकाँध मिलाएर अगाडि बढ्नुपर्ने आवश्यकता छ”, उपराष्ट्रपति यादवले भन्नुभयो ।

    उहाँले पारदर्शिता, सुशासन भ्रष्टाचारमुक्त समाज, सरल सार्वजनिक सेवा प्रवाह र देशभित्र रोजगारी सृजनाको मागसहित जेनजी आन्दोलन भएको उल्लेख गर्दै उक्त आन्दोलनपछि आगामी कार्यदिशाका बारेमा छलफल गर्न गोरखापत्रले आयोजना गरेको यो कार्यक्रम महत्त्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।

    उपराष्ट्रपति यादवले गोरखापत्र इतिहासको जीवन्त दस्तावेज भएको भन्दै गोरखापत्रको योगदान राष्ट्रिय एकतामासमेत विशेष रहेको उल्लेख गर्नुभयो । बैंक तथा वित्तीय क्षेत्रमा थन्किएको पुँजीलाई आर्थिक विकासमा लगाउनुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले कृषि र पर्यटनमा लगानी बढाएमा आर्थिक विकासले गति लिने विश्वास व्यक्त गर्नुभयो । 

    उपराष्ट्रपतिले गोरखापत्रले आयोजना गरेको बहसले सरकार, नीति निर्माता र निजी क्षेत्रलाई एउटै मञ्चमा ल्याउन सहायक सिद्ध बनेको धारणा राख्नुभयो । उहाँले पत्रकारिताले नीति निर्माण तहसम्म जनताको आवाज पु¥याउनुपर्नेमा जोड दिँदै भन्नुभयो, “निजी क्षेत्र आर्थिक क्षेत्र सबल बनाउने माध्यम हुन् । यसलाई पत्रकारिताले नीति निर्माणमा जनताको आवाज पु¥याउने गरी सहयोग गर्नुपर्छ ।” 

    नेपालको आर्थिक पुनरुत्थान, लगानी गर्ने वातावरण र भविष्यका विकास रणनीतिबारे उच्चस्तरीय राष्ट्रिय बहसका लागि निजी क्षेत्र, विज्ञ, नीतिनिर्माता र सरोकार भएका निकायका प्रतिनिधिबीच साझा मञ्च सिर्जना गरी चुनौती र अवसरको पहिचान गर्ने उद्देश्यले गोरखापत्र संस्थानले आयोजना गरेको ‘गोरखापत्र डिस्कोर्स’ ललितपुरमा जारी छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.