सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेकपाद्वारा ११ बुँदे आचारसंहिता जारी, नेता कार्यकर्ताले कसैलाई पनि ‘तँ’ भन्न नपाइने

"मासिक रुपमा गाउँ वा टोलमा वनभोज वा सहभोज गर्नुपर्ने "

  •    न्युजभित्तो/६ माघ २०७६, सोमबार १९:५४ 
  • काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले अब उप्रान्त नेता कार्यकर्ताले कसैलाई पनि ‘तँ’ भन्न नपाउनेलगायत ११ बुँदे आचारसंहिता जारी गरेको छ । नेकपाले आज वितरण गरेको आचारसंहितामा अरूसँग बोलिने भाषा मर्यादित, सरल र मीठासपूर्ण हुनुपर्ने भनिएको छ ।

    अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्ताक्षर गरी जारी गरेको आचारसंहितामा विवाहलाई सरल, मितव्ययी बनाउनुपर्ने, जन्मदिन, व्रतबन्ध, पास्नीजस्ता परम्परागत संस्कारलाई घरपरिवारमा मात्र सीमित गर्नुपर्नेसमेत भनिएको छ ।

    आचारसंहितामा भनिएको छ, ‘पार्टी सदस्यले आफूमा व्यक्तिवादी, स्वार्थी भावना विकसित हुन नदिन कुनै किसिमको व्यवसाय वा उद्योग सञ्चालन गर्दा सकेसम्म सामूहिक नेतृत्वमा सञ्चालन गर्नुपर्छ, उनीहरूले सञ्चालन गर्ने व्यवसायमा संलग्न श्रमजीवीलाई न्यूनतमरुपमा पनि कानूनबमोजिमको पारिश्रमिक र सुविधा तथा सम्मानपूर्ण व्यवहार गर्नुपर्छ ।’

    सो पार्टीले समाजमा रहेका कूरीति, रुढिवादी संस्कार, भेदभाव, छुवाछूत र महिलामाथि हुने हिंसाका विरुद्ध सधैँ खडा हुनु र त्यस किसिमका गलत व्यवहार अन्त्य गर्न सांस्कृतिक सचेतना अभियान सञ्चालन गर्न सधैँ प्रयत्न गर्नुपर्ने आचारसंहितासमेत बनाएको छ । कुनै पनि पार्टी सदस्यले महिला हिंसा र छुवाछूतपूर्ण व्यवहार गरेको प्रमाणित भए तुरुन्तै पार्टीबाट निष्काशन गर्नुपर्ने र त्यस्तो व्यक्तिलाई जनप्रतिनिधिमूलक निकायमा उम्मेदार बन्न बन्देज लगाउनुपर्ने पनि आचारसंहितामा भनिएको छ ।

    भ्रष्टाचार, कालोबजारी, गैरकानूनी कमिसन, करछली, अनियमितता जस्ता अपराध नगर्ने, गर्न नदिने तथा आफूसँग प्राप्त सूचना सरकारलाई उपलब्ध गराउने कर्तव्य निर्वाह गर्न नमूना बन्नुपर्नेमा आचारसंहिताले जोड दिएको छ ।

    सो पार्टीले सामूहिक जीवन प्रणाली विकास गर्न महिनामा एक दिन गाउँ वा टोलका सबै परिवारजनका बीच वनभोज वा सहभोज गर्नुपर्ने र सामूहिक भावना सिर्जना गर्नुपर्ने भनेको छ । त्यस्ता कार्यक्रममा मद्यपान, धूमपान र छाडा व्यवहार गर्न प्रतिबन्ध नै लगाइएको छ । पार्टीले पार्टीका प्रत्येक सदस्यले आफ्नो दैनिकीमा सादा जीवन र उच्च विचारलाई प्राथमिकतामा राख्नुपर्ने, आफूले मात्र होइन आफ्नो परिवार, गाउँ, टोल, शहरबजार, स्कूल, कलेज सबै ठाउँ र संस्थानमा यस किसिमको जीवनशैलीका निम्ति प्रोत्साहन गर्नुपर्ने र आफ्नो जीवनलाई सधैँ जनताबीच खुला किताब जस्तै राख्न प्रयत्न गर्नुपर्ने आचारसंहिता तोकेको छ ।

    आचारसंहितामा भनिएको छ, “समाजबाट बालविवाह, बहुविवाह, दाइजो, बोक्सी, छाउपडी, उँच–नीच, छुवाछूत, जातपात र जातिभेद जस्ता कुसंस्कार र कुरीति अन्त्य गर्न सक्रियतापूर्वक लाग्नुपर्छ, यस किसिमका दुश्कार्यबाट आफूलाई सुधार गर्न नचाहने तथा दुरुत्साहन गर्नेलाई कानूनबमोजिम सजायको भागीदार बनाउन सहयोग गर्नुपर्छ ।”

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    • ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.