सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

उपसभामुख तुम्बाहाङ्फेद्वारा पदबाट राजीनामा


  •    न्युजभित्तो/६ माघ २०७६, सोमबार १४:२७ 
  • काठमाडौँ । प्रतिनिधिसभाकी उपसभामुख शिवमाया तुम्बाहाङ्फेले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । आज बसेको संसद बैठकमा उपसभामुख तुम्बाहाङ्फेले पदबाट राजीनामाको घोषणा गर्नुभएको हो । सभामुख चयन प्रकृया सहज बनाउनका लागि आफुले पदबाट राजीनामा दिएको उहाँले बताउनुभएको छ ।

    उपसभामुख तुम्बाहाङ्फेले छोटो सम्बोधन गर्दै प्रतिनिधि सभाको सभामुख पद अप्रत्यासित र अश्वभाविक कारणले रिक्त रहेको र सभामुख नहुँदा जटिलता थपिएको बारेमा जानकार रहेको भन्दै संसदको ठूलो दलले सभामुखमा दावा गरेकाले आफुले सहजीकरण गर्न लागेको बताउनुभयो । सत्तारुढ नेकपाले हिजो नेता अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेपछि तुम्बाहाङ्फेले राजीनामा दिनुभएको हो । उहाँ तत्कालीन एमालेबाट उपसभामुख हुनुभएको थियो ।

    संविधानअनुसार एउटै दलबाट सभामुख र उपसभामुख हुन नपाउने व्यवस्था भएकोले नेकपाबाट सभामुखमा सापकोटालाई उठाउने भएपछि उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिनुभएको हो । उहाँको राजीनामाको घोषणाछि आजै साँझ ४ बजेसम्मका लागि संसद् बैठक स्थगित गरिएको छ । ४ बजे बस्ने संसद् बैठकले नयाँ सभामुख निर्वाचनको प्रक्रिया सुरुगर्ने बताइएको छ । त्यसका लागि संसद् सचिवालयले तयारी गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    • ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.