सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अनेरास्ववियू चितवनको संयोजकमा प्रकाश आचार्य


  •    न्युजभित्तो/५ माघ २०७६, आईतवार २१:२३ 
  • चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन(अनेरास्ववियू) जिल्ला कमिटी चितवनको संयोजकमा प्रकाश आचार्य चयन हुनभएको छ । काठमाडौँमा गत पुस २७ र २८ मा बसेको एकता पछिको पहिलो बैठकले सर्वसम्मत निर्णयबाट अनेरास्ववियू चितवनको संयोजकमा आचार्य र सहसंयोजकमा वसन्त आचार्यलाई चयन गरेको हो ।

    प्रकाश साविक एमाले निकटको अनेरास्ववियूका जिल्ला सचिव तथा वसन्त साविक माओवादी निकटको अनेरास्ववियु (क्रान्तिकारीका)का जिल्ला अध्यक्ष हुनुहुन्थ्यो । प्रकाश नेकपा भरतपुर महानगर वडा नम्बर ११ का वडाअध्यक्ष समेत रहनुभएको छ ।

    अध्यक्ष आचार्यले भरतपुरको सप्तगण्डकी बहुमुखी क्यापसबाट विद्यार्थी राजनीति शुरु गर्नुभएको थियो । क्याम्पस कमिटी सदस्य, सचिव र अध्यक्ष भएका आचार्य विद्यार्थी राजनीतिमा कुशल र लोकप्रिय नेताका रुपमा परिचित हुनुहुन्छ । आचार्यले दुई वटा विषयमा स्नातकोत्तर गर्नुभएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    • ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.