सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेकपाले अग्नि सापकोटालाई सभामुख उम्मेदवार बनाउने


  •    न्युजभित्तो/५ माघ २०७६, आईतवार १९:२२ 
  • काठमडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अग्निप्रसाद सापकोटालाई प्रतिनिधि सभाको सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टीको सचिवालयको आज बसेको बैठकले स्थायी कमिटी सदस्य समेत रहेका साँसद अग्निप्रसाद सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

    प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकले सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको महासचिव विष्णु पौडेलले जानकारी दिनुभयो । सचिवालय बैठकअघि अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफलमा सांसद सापकोटालाई उम्मेदवार बनाउने सहमति भएको थियो ।

    दुई अध्यक्षबीच भएको सहमति अनुमोदनका लागि सचिवालयको बैठक बोलाइएको थियो । सापकोटा सिन्धुपाल्चोकका स्थायी बासिन्दा हुनुहुन्छ । यसअघि पुस २६ गते बसेको सचिवालय बैठकले उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गर्न आग्रह गरेको थियो ।

    को हुन् सापकोटा ?
    अग्निप्रसाद सापकोटा सिन्धुपाल्चोक जिल्लाको कुभिन्डेमा २०१६ साल फागुन २४ गते धनपति र तीलमाया सापकोटाको कोखबाट जन्मनुभएको थियो । पूर्व शिक्षक सापकोटाले समाजशास्त्रमा स्नातकोत्तर तहसम्म अध्ययन गर्नुभएको छ । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता भएर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समिति अन्तर्गतको उपसमितिका संयोजक समेत रहनुभएका सापकोटा तत्कालीन नेकपा (माओवादी केन्द्र) का प्रवक्ता समेत रहनुभएको थियो ।

    प्रचण्डका नजिकका नेता मानिने सापकोटालाई पार्टीको प्रभावशाली नेताको रुपमा पनि हेर्ने गरिन्छ । २०३० सालमा विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा थाल्नुभएका सापकोटा २०५१ सालमा पार्टीको केन्द्रीय सदस्य बन्नुभएको थियो। माओवादी र सरकारबीच भएको दोस्रो वार्तामा वार्ता टोलीका सदस्य सापकोटाले १५ वर्ष सम्म शिक्षण पेशा अपनाउनुभएको थियो।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दूरसञ्चार सेवाको पहुँच विस्तार र गुणस्तर सुधारलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन
    सुनचाँदीको मूल्य तोलामा चार हजार बढी घट्यो
    मन्दिरमा अलपत्र परेका तीन जनाको उद्धार
    • हुलाकमार्फत् करिब १० हजार नागरिकले पाए घरदैलोमै सेवा, साढे १० लाख सवारी लाइसेन्स र साढे २ लाख राहदानी ढुवानी
    • राष्ट्रियसभा : खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह
    • जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री
    • सम्पादक श्रेष्ठलाई रिहा गर्न पत्रकार महासङ्घको माग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.