सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मनमोहन स्मृति क्रिकेटको उपाधि त्रिभुवन आर्मीलाई


  •    न्युजभित्तो/४ माघ २०७६, शनिबार २२:३४ 
  • काठमाडौँ । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले मनमोहन स्मृति क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । नेपाल पुलिस क्लबलाई ८५ रनले हराउँदै आर्मीले लगातार दोस्रो पटक उपाधि चुमेको हो ।

    सुनसरीको इनरुवामा आज भएको फाइनल खेलमा आर्मीले उपाधिसँगै रु चार लाख पाँच हजार पुरस्कार प्राप्त गरेको छ । उपविजेता पुलिसले रु दुई लाख पाँच हजार पुरस्कार प्राप्त गर्यो । इनरुवा रङ्गशालामा आर्मीले ब्याटिङ गर्दै ४८ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै १८४ रन बनायो । एक सय ८५ रनको लक्ष्य पछ्याएको पुलिसले २४ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै ९९ रन मात्र बनाउन सक्यो । पुलिसका लागि कुशल भुर्तेलले ३१, अमित श्रेष्ठले २३ तथा अनिल साहले २१ रन बनाउनुभयो ।

    बलिङतर्फ आर्मीका सुशन भारीले चार, साहब आलमले तीन तथा कुशल मल्लले दुई विकेट लिनुभयो । यसअघि आर्मीका लागि ब्याटिङ गर्ने क्रममा कप्तान विनोद भण्डारीले ४०, राजेश पुलामीले ३१, राजु रिजालले २२, विक्रम शोबले १५ तथा कुशल मल्लले १३ रन बनाउनुभयो । बलिङतर्फ पुलिसका सागर ढकाल, दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीले तीन तीन विकेट लिनुभयो ।

    प्रतियोगिताको उत्कृष्ट खेलाडी आर्मीका सुशन भारी घोषित हुनुभयो । उहाँले रु ५५ हजार पुरस्कार प्राप्त गर्नुभयो । प्रतियोगिताको उत्कृष्ट बलर सुदूरपश्चिम प्रदेशका विनोद लामा तथा उत्कृष्ट ब्याट्सम्यान आर्मीका कुशल मल्ल घोषित हुनुभयो । दुवै जनाले जनही रु २१ हजार पुरस्कार प्राप्त गर्नुभयो ।

    मनमोहन स्मृति क्रिकेट सेन्टर तथा इनरुवा नगरपालिकाको संयुक्त आयोजनामा गत पुस १५ गतेदेखि उक्त प्रतियोगिता सञ्चालन भएको हो । प्रतियोगितामा सात वटा प्रदेश, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको एपीएफ तथा मलेसियाको क्रिकेट टोलीको सहभागिता रहेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मत्स्यनारायण मन्दिरमा एकमहिने मेला सुरु
    सडकको सुरक्षा प्रत्येक नागरिकको दैनिकी र व्यवहारसँग जोडिएको छः सचिव सिग्देल
    पटक–पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै
    • म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती
    • एलपी ग्यास खरिदमा अर्बौ बाहिरिएपछि विद्युतीय चुह्लोमा अनुदान दिने सरकारको रणनीति
    • प्रजनन स्वास्थ्यमा कानुनी अड्चन हटाउन सरोकारवालाको जोड
    • पर्वतमा मदन स्मृति पुस्तकालय स्थापना

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.