सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अशान्तिका कारण इथियोपियाली विश्वविद्यालयबाट ३५ हजार विद्यार्थी विस्थापित


  •    न्युजभित्तो/३ माघ २०७६, शुक्रबार २२:१० 
  • अदिस अबाबा । इथियोपियामा जारी अशान्तिका कारण विभिन्न विश्वविद्यालयबाट ३५ हजार विद्यार्थीले अध्ययनका लागि अनुकुल नभएको भन्दै अन्यत्र गएका अफ्रिकी राष्ट्र इथियोपियाको शिक्षा मन्त्रालयले जनाएको छ ।

    विश्वविद्यालयमा हुने राजनीतिक गतिविधिका कारण उनीहरू अध्ययनका लागि अन्यत्र गएका सम्बद्ध अधिकारीहरूले बताएका र यसका लागि मन्त्रालयस्तरबाट सुधारका काम सुरू गरिएको विज्ञान तथा उच्च शिक्षा मन्त्रालयले जनाएको छ ।

    विश्वविद्यालयहरूले आफू मातहतका विद्यार्थी तथा कर्मचारीलाई अध्ययनमा अवरोध पुर्याएको भन्दै कारबाही सुरू भएको जनाएका छन् ।

    मन्त्रालयका अनुसार सुधारका लागि ४० शिक्षक तथा ६४० विद्यार्थीलाई कारबाहीको दायरामा ल्याइएको छ र विस्थापित विद्यार्थीहरूलाई पुनः विद्यालयमा फर्काउन पहल थालेको पनि बताएको छ ।

    सन् २०१९ को नोभेम्बरदेखि विश्वविद्यालयमा भएका प्रदर्शन र हिंसाका कारण कम्तीमा एक दर्जन विद्यार्थीको मृत्यु भएको छ भने दर्जनौँ विद्यार्थीहरू घाइते भएका छन् । विश्वविद्यालयमा हिंसा फैलिनुको मुख्य कारण त्यहाँको जातीय तथा धार्मिक भिन्नताका आधारमा हुने विभेद रहेको बताइएको छ । एजेन्सीको सहयोगमा

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    • ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.