सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सभामुख निर्वाचनको प्रक्रिया शुरु गर्न काँग्रेसको माग


  •    न्युजभित्तो/३ माघ २०७६, शुक्रबार २१:५९ 
  • काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रतिनिधिसभाको यही माघ ६ गते बस्ने बैठकलाई नियमित गर्दै सोही बैठकबाट सभामुख निर्वाचनको प्रक्रिया प्रारम्भ गर्न माग गरेको छ ।

    काँग्रेस संसदीय दलको आज बसेको बैठकले गत पुस ४ गतेबाट प्रारम्भ गर्न आह्वान गरिएको संसद् अधिवेशन लगभग एक महिना बितिसक्दा पनि सभामुखको रिक्त पदको निर्वाचनलाई कारण देखाएर प्रतिनिधिसभा बैठक अवरुद्ध भइरहनु सत्तारुढ दलको कमजोरीको भएको आरोप लगाएको छ ।

    संविधानको धारा ९१ को उपधारा (२) बमोजिम सभामुख र उपसभामुख फरक–फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्थामा काँग्रेस संसदीय दलको आफ्नो दृढता दोहोर्याउँदै सोही मुताविक गर्न माग गरेको पार्टीका प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिनुभयो ।

    काँग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले लामो प्रक्रिया पार गर्दै नेपालको हितमा कार्यान्वयनको दिशामा अगाडि बढेको अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशनलाई तत्काल संसदबाट अनुमोदन गर्नसमेत माग गरेको छ । साथै सो विषयमा केही सञ्चारमाध्यमबाट पार्टी सभापति देउवा र अन्य काँग्रेसका कतिपय सांसद तथा नेताहरुबाट आएको भनिएको यसविरुद्धको अभिव्यक्ति भ्रमपूर्ण र कपोलकल्पित रहेको काँग्रेसले स्पष्ट पारेको छ ।

    यही माघ ९ गते हुन गइरहेको राष्ट्रियसभा सदस्य निर्वाचनमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र संविधानको रक्षाका निम्ति काँग्रेसका उम्मेदवारका पक्षमा मतदान गर्न अन्य राजनीतिक दल र मतदातालाई बैठकले आग्रह गर्ने निर्णय गरेको प्रमुख सचेतक खाणले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    • ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.