सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

शीर्ष स्थानको मछिन्द्र हिमालयन शेर्पासँग पराजित


  •    न्युजभित्तो/३ माघ २०७६, शुक्रबार २१:५२ 
  • काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत आजको खेलमा लिगको शीर्ष स्थानमा रहेको मछिन्द्र क्लब पराजित भएको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्समा भएको खेलमा मछिन्द्र हिमालयन शेर्पा क्लबसँग २–० गोलले हारेको हो । लिगमा मछिन्द्रको पहिलो हार तथा हिमालयनको पहिलो जित हो ।

    हिमालयन शेर्पाले खेलको पहिलो मिनेटमा नै गोलको अग्रता लिएको थियो । मछिन्द्रका पिटर सेगुनले बल आफ्ना गोलकिपरलाई पास दिन खोज्दा आत्मघाती गोल भएको हो । मछिन्द्रका लागि अर्को गोल खेलको २०औँ मिनेटमा विजय श्रेष्ठले गर्नुभयो । उहाँले निरज बस्नेतको फ्रि किकमा हेडमार्फत गोल गर्नुभएको हो । श्रेष्ठ खेलको म्यान अफ दी म्याच घोषित हुनुभयो । लिगको सातौँ चरणको खेल आजदेखि शुरु भएको हो ।

    वर्षाले दशरथ रङ्गशाला हिलाम्य भएपछि खेल एन्फा कम्प्लेक्समा सार्नुपरेको हो । हिमालयनले सात खेलमा एउटामा जित, दुईमा हार तथा चारमा बराबरी खेल्दै सात अङ्क बटुलेको छ । हिमालयन लिगको १०औँ स्थानमा छ । यस्तै मछिन्द्र सात खेलमा चारमा जित, एकमा हार तथा दुई खेलमा बराबरी खेल्दै १३ अङ्कसहित लिगको दोस्रो स्थानमा छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    • दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.