सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

तनहुँका पालिकामा खेलकुद उत्सव


  •    न्युजभित्तो/२९ कार्तिक २०८२, शुक्रबार १२:१२ 
  • दमौली (तनहुँ), २८ कात्तिक । जिल्लाका विभिन्न पालिकामा जारीे राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले यहाँका खेलप्रेमी विद्यार्थी उत्साहित भएका छन् । जिल्लाका दश पालिकामध्ये केहीमा प्रतियोगिता सम्पन्न भएका छन्भने केहीमा खेल हुँदै छन् ।

    पर्याप्त खेलकुद पूर्वाधारका नभए पनि स्थानीय तहले रनिङ शिल्ड प्रतियोगिता सुरु गरेका बताउँदै भन्नुभयो, “जिल्लाका सबै पालिकामा रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएपछि जिल्लास्तरीय प्रतियोगिता दमौलीमा आयोजना गर्छौ । पालिकास्तरीय प्रतियोगिताले जिल्लामा खेलकुद उत्सवको वातावरण बनेको छ ।”

    बन्दीपुरको उपाधि पवित्रा माविलाई

    बन्दीपुर गाउँपालिकाले आयोजना गरेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बन्दीपुर गाउँपालिका–१ स्थित पवित्रा माध्यमिक विद्यालयले जितेको छ । टुँडिखेलमा बिहीबार सम्पन्न प्रतियोगितामा २३ पदक सहित पवित्राले उपाधि जितेको हो ।

    पवित्रा माध्यमिक विद्यालयले १६ स्वर्ण, दुई रजत र पाँच कास्य पदक जितेको बन्दीपुर गाउँपालिकाका शिक्षा शाखा प्रमुख भीम लामिछानेले जानकारी दिनुभयो।

    प्रतियोगितामा भानु माध्यमिक विद्यालय १८ पदक सहित द्वितीय भएको छ । भानुले चार स्वर्ण, पाँच रजत र नौ कास्य जितेको छ । मनास्लु बोर्डिङ स्कूल १४ पदक सहित तृतीय भएको छ । मनास्लुले चार स्वर्ण, पाँच रजत र पाँच पदक जितेको हो ।

    भानुको उपाधि होमराजलाई

    भानु नगरपालिकाले आयोजना गरेको नगरस्तरीय साताँै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि होमराज लोहनी शारदा शिक्षा सदनले जितेको छ । प्रतियोगितामा ११ पदकका साथ होमराजले उपाधि हात पारेको हो । होमराजले पाँच स्वर्ण, दुई रजत र चार कास्य पदक जितेको छ ।

    प्रतियोगितामा जयबुद्ध माध्यमिक विद्यालय द्वितीय भएको छ । जयबुद्धले तीन स्वर्ण, पाँच रजत र एक कास्य पदक जितेको छ । राष्ट्रिय माध्यमिक विद्यालय तृतीय हुँदा उसले तीन स्वर्ण, तीन रजत र दुई कास्य पदक जितेको छ ।

    यसैबीच,व्यास नगरपालिकाको आयोजना र निर्मल माध्यमिक विद्यालयको व्यवस्थापनमा नगरस्तरीय रनिङशिल्ड आगामी सोमबार मङ्गलबार १ र २ गते निर्मल माध्यमिक विद्यालयको मैदानमा हुने भएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.