सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

ट्रम्पले ट्वीट गर्दै भने : डेमोक्रेयाट्हरुले केही गर्न सक्दैनन्


  •    न्युजभित्तो/२ माघ २०७६, बिहीबार १४:५१ 
  • वासिङटन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग लगाउने प्रस्ताव अमेरिकी संसदको तल्लो सदन, हाउस अफ रिप्रेजेन्टेटिभ्स्ले सिनेटमा पठाएको छ । हाउस अफ रिप्रेजेन्टेटिभ्स्ले महाअभियोगको प्रस्ताव माथिल्लो सदनमा पठाउने प्रस्ताव मंगलबार पारित गरेको प्राप्त समाचारमा जनाइएको छ ।

    यसअघि हाउस अफ रिप्रेजेन्टेटिभ्स्मा उहाँमाथि महाअभियोग लगाउनेसम्बन्धी प्रस्तावमा मतदान हुदा २२८ जनाले माथिल्लो सदनमा पठाउने पक्षमा मतदान गरेका थिए भने १९३ जनाले विपक्षमा मतदान गरेका थिए ।

    हाउस अफ रिप्रेजेन्टेटिभ्स्का सभामुख नान्सी पेलोसीले राष्ट्रपति ट्रम्पलाई महाअभियोग लगाउने प्रस्ताव अमेरिकी संसदको माथिल्लो सदन अर्थात् सिनेटमा पठाउने प्रस्ताव पारित भएको घोषणा गर्नुभएको थियो ।

    हाउस अफ रिप्रेजेन्टेटिभ्स्मा राष्ट्रपति ट्रम्पको पार्टी रिपब्लिकनका सांसदहरु थोरै रहेपनि सिनेटमा भने रिपब्लिकनका सांसदहरु धेरै रहेका छन् । सिनेटमा पठाइएको प्रस्तावको बाँकी प्रक्रिया अर्को हप्ताबाट अघि बढ्ने बताइएको छ । प्रस्ताव पारित भएपछि राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्वीटरमा लेख्नुभएको छ, “हामी फेरी अगाडि बढ्ने छौँ, डेमोक्र्याटहरुले केही गर्न सक्दैनन् ।”

    अमेरिकाको इतिहासमा यसरी संसदको तल्लो सदनबाट महाअभियोग लगाइएका राष्ट्रपतिहरुमध्ये ट्रम्प तेस्रो राष्ट्रपति हुनुभएको छ । विपक्षीहरुले ट्रम्पलाई शक्तिको दुरुपयोग गरेको, संसदको काम कारबाहीमा अवरोध पुर्याएकोलगायतका आरोपहरुसहित महाअभियोग लगाउन प्रस्ताव गरेका हुन् ।

    तर राष्ट्रपति ट्रम्प र उहाँका समर्थकहरुले भने ती आरोपहरू अस्विकार गरी ती प्रस्तावहरुका विरुद्धमा खण्डन गर्दै आएका छन् । उनीहरुले ट्रम्प विरुद्धको महाअभियोगको प्रस्तावलाई पक्षपातपूर्ण र आक्रोशबाट चालिएको कदमको संज्ञा दिँदै आएका छन् ।

    हाउस अफ रिप्रिजेन्टेटिभ्सले गत महिना राष्ट्रपति ट्रम्प विरुद्धको महाभियोग प्रस्ताव पारित गरेको थियो । माथिल्लो सदनले पनि सो प्रस्ताव पारित गरेमा राष्ट्रपति ट्रम्पको बहिर्गमन हुनेछ ।

    महाभियोग लागेर पदच्यूत भएपनि निर्वाचनमा उम्मेदवार हुन भने रोक्न नमिल्ने अमेरिकी व्यवस्था छ । माथिल्लो सदन सिनेटले उहाँलाई भविष्यमा निर्वाचित पद लिन नपाउने भनेर अर्को प्रस्ताव पारित गरेमा मात्रै उहाँ राष्ट्रपतिको उम्मेदबार हुनबाट बञ्चित हुनुहुनेछ ।

    ट्रम्पलाई समर्थन गर्ने र उहाँको विरोध गर्नेहरू पहिले झैँ विभाजित छन् । विरोधीहरुले महाअभियोगको प्रस्तावले ट्रम्पलाई नकारात्मक असर पारेको ठानेका छन् भने समर्थकहरुले यसबाट कुनै असर नपरेको दाबी गरेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ
    बाहुनडाँगीमा जङ्गली हात्तीको आतङ्क, स्थानीय त्रसित
    राहदानी खरिदसम्बन्धी विषयमा जर्मनी दूतावासको स्पष्टोक्ति
    • साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै
    • चुमभ्यालीमा १० वर्षदेखि हराइरहेका बन्दिपुर
    • नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
    • सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.