सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रुसी राष्ट्रपति पुटिनद्वारा नयाँ प्रधानमन्त्रीमा मिखाइल मिशुस्टिन नियुक्त


  •    न्युजभित्तो/२ माघ २०७६, बिहीबार १४:३५ 
  • मस्को । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नयाँ प्रधानमन्त्री नियुक्त गर्नुभएको छ । तत्कालिन प्रधानमन्त्री दिमित्रि मेद्भेदेवले राजीनामा दिएर खाली भएकाले प्रधानमन्त्री पदमा उहाँले नयाँ व्यक्तिलाई नियुक्त गर्नुभएको हो ।

    उहाँले संघीय कर सेवा प्रमुख मिखाइल मिशुस्टिनलाई नयाँ प्रधानमन्त्रीको रुपमा नियुक्त गर्नुभएको रुसी राष्ट्रपतिको कार्यालय क्रेमलिनले आज जनाएको छ । “भ्लादिमिर पुटिनले संघीय कर सेवा प्रमुख मिखाईलसँग बैठक गरेर उहाँलाई प्रधानमन्त्रीको जिम्मेवारी लिन आग्रह गर्नुभएको हो,” क्रेमलिनद्वारा जारी वक्तव्यमा भनिएको छ ।

    पुटिनको आग्रहलाई मिखाइलले स्विकार गर्नुभएपछि उहाँलाई प्रधानमन्त्रीको रुपमा नियुक्त गरिएको अधिकारीहरुले बताएका छन् । राष्ट्रपति पुटिनले वर्तमान संवैधानिक व्यवस्थालाई सुधारको प्रस्ताव गरेपछि प्रधानमन्त्री मेदभेदेवले राजीनामा दिनुभएको थियो । मेदभेदेवले नयाँ सुधार प्रस्तावहरूले देशको शक्ति सन्तुलनमा उल्लेखनीय परिवर्तन गर्ने भएकाले राजीनामा दिएको बताउनुभएको छ ।

    पुटिनको सुधार प्रस्तावमा राष्ट्रपतिको सट्टा संसद्लाई प्रधानमन्त्री र वरिष्ठ मन्त्रिपरिषद् सदस्यहरू छनौट गर्ने अधिकार समावेश गरिएको बताइएको छ । एजेन्सीको सहयोगमा

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.