सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अमेरिका र चीनबीच व्यापार सम्झौता, दुवै देशबीच सम्बन्ध सुधार हुने विश्वास


  •    न्युजभित्तो/२ माघ २०७६, बिहीबार १४:१९ 
  • वासिङ्टन (रासस/सिन्ह्वा) । अमेरिका र चीनबीच पहिलो चरणको आर्थिक तथा व्यापारसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ उपप्रधानमन्त्री लिउ हीले हस्ताक्षर गर्नुभएको समाचारमा जनाइएको छ ।

    अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा अमेरिकी केही ठूला व्यापारिक घरानाका व्यक्तिहरुको सहभागीतामा दुवै देशका उच्च अधिकारीबीच गरिएको यो सम्झौतालाई कतिपयले व्यापार युद्ध कम गर्ने विषयको सम्झौता पनि भएको हो भनी बताएका छन् ।

    सो व्यापार सम्झौतामा हस्ताक्षर गरेपछि चिनियाँ उपप्रधानमन्त्री एवम् चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय राजनीतिक व्युरोका सदस्य समेत रहेका लिउले उक्त सन्देश सबैभन्दा पहिला चिनियाँ राष्ट्रपति सि चिनफिङलाई पठाइएको जानकारी दिनुभयो । उपप्रधानमन्त्री लिउ केही समयदेखि जारी रहेको चीन अमेरिका व्यापारक युद्धको समाधानका लागि यस विषयको वार्ता समितिका संयोजक समेत रहनुभएको छ । यी दुई देशकाबीचमा विगत लामो समयदेखि चलेको व्यापार युद्धका कारण विश्वकै अर्थव्यवस्थामा नकारात्मक असर परेको बताइएको छ ।

    उपप्रधानमन्त्री लिउको सन्देशपछि चिनियाँ राष्ट्रपति चिनफिङले यो सम्झौताले चीन, अमेरिका र समग्र विश्वलाई नै राम्रो हुने धारणा राख्नुभएको छ । साथै राष्ट्रपति चिनफिङले यस सम्झौताले चीन र अमेरिकासँग आपसी सम्मान, समानता र विश्वासका साथ काम गर्ने क्षमता छ भन्ने कुरा स्पष्ट गरेको धारणा पनि सो सन्देशमार्फत राख्नुभएको छ।

    सम्झौतामा हस्ताक्षरपछि अमेरिकी राष्ट्रपति ट्रम्पले चीनसँग आगामी दिनमा अहिलेको भन्दा अझै राम्रो खालको सम्बन्धको विकास हुने धारणा राख्नुभएको छ । राष्ट्रपति ट्रम्पले आफूहरुले विगतमा कुनै गल्ती गरेको भए पनि दुवै मिलेर एक आपसमा सच्याउने बताउनुभयो ।

    उहाँले अमेरिका र चीन मिलेर निर्माण गर्ने आर्थिक न्याय र सुरक्षित भविष्यले यी दुई देशलाई मात्र नभएर विश्वलाई नै फाइदा पुग्ने पनि बताउनुभयो ।
    हालका लागि यो सम्झौता अति आवश्यक रहेको भन्दै उहाँले ‘यसले आगामी दिनमा विश्वमा थप शान्ति ल्याउने छ र त्यसका लागि हामीले कोसिस गर्नेछौँ’ भन्नुभयो ।

    यो सम्झौताबाट सबैलाई लाभ हुने र यो सम्झौताबाट हरेक प्रकारले दुवै देशबीच सम्बन्ध सुधार हुनेमा पनि चीनका नेताहरुले विश्वास लिएका छन् ।

    बुधबार ह्वाइट हाउसमा गरिएको सो सम्झौता बमोजिम चीनले अमेरिकी सामानहरुको आयातलाई अहिले भन्दा बढी हुन दिने प्रतिबद्धता जनाएको छ । त्यसैगरी अमेरिकाले पनि चीनका केही उत्पादनहरुमा लगाइएको अतिरिक्त शुल्कमा करिब ५० प्रतिशतसम्म घटाउनका लागि तयार रहेको जानकारी गराएको छ ।

    यसअघि गएको वर्षदेखि नै अमेरिकाले कैयौँ चिनियाँ उत्पादनहरुको आयातमा रोक नै लगाएको थियो । त्यसैगरी कतिपय अत्यावश्यकीय चिनियाँ वस्तुमा पनि चीनले भारी मात्रामा अतिरिक्त शुल्क लगाउने गरेको थियो । चीनको यो कार्यको कडा मात्रामा विरोध गरेको अमेरिकाले त्यसको बदलामा अमेरिकाबाट आयात गरिने वस्तुहरुमा पनि सोही प्रकारको निर्णय गरेको थियो । अब यो सम्झौता भएपछि भने यी दुई देशका व्यापारिक एवम् साझेदारी कानुन नियम बमोजिमका सामानहरुको आयात तथा निर्यातका क्रियाकलापहरु सहज हुने अपेक्षा गरिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा औषधि खाने एचआइभी सङ्क्रमित एक हजार २०० बढी
    चितवनको शवदाह गृह सञ्चालनमा आउन सकेन
    बन्दीपुरमा क्यान्टिलिभर ग्लास स्काइ वाक बन्दै
    • आर्थिक अनुशासन कायम गर्नुपर्नेमा राष्ट्रपतिको जोड
    • नयाँ गठित ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ ले गर्नेछ यी काम
    • सशस्त्रको पर्वतीय उद्धार तालिम शिक्षालयबाट २५० बढीले लिए उच्च भू–भाग उद्धार तालिम
    • मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.