सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रुसमा जन्मदर बढाउन परिवारहरूलाई सुविधा बढाउने नयाँ प्रस्ताव


  •    न्युजभित्तो/२ माघ २०७६, बिहीबार १२:२८ 
  • मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले देशमा जन्मिने बच्चाहरूको सङ्ख्या बढाउँदै घट्दो जन्मदरबाट बढाउनका लागि नयाँ कदमहरू चाल्ने घोषणा गरेका छन्। अहिले रुसमा प्रत्येक महिलाले दुई भन्दा कम बच्चा जन्माइरहेका छन्।

    उनले आउने चार वर्षमा त्यसलाई झन्डै दोब्बर बनाउने योजना सार्वजनिक गरेका छन्। रुसको भविष्य जनसङ्ख्याको आकारमा निर्भर हुने बताउँदै उनले नयाँ घोषणा गरेका हुन्।

    प्रतिज्ञा
    गत वर्ष पुटिनले ठूला परिवारलाई कर छुट दिने प्रतिज्ञा गरेका थिए। बुधवार उनले घट्दो जन्मदरप्रति चिन्ता व्यक्त गर्दै देशको जन्मदर अहिले फेरि घट्न थालेको बताए। त्यसपछि उनले अब बन्ने नयाँ आमाहरूलाई राज्य सुबिधा तथा सेवा दिने प्रतिबद्धता व्यक्त गरे।

    रुसको जन्मदर निकै घट्ने प्रक्षेपण भइरहँदा पुटिनले जनसङख्या बढाउन परिवारहरूलाई प्रेरित गर्न कल्याणकारी सुविधाहरू दिने प्रस्ताव गरेका हुन्।संसदको दुवै सदनलाई दिइएको आफ्नो वार्षिक सम्बोधनमा उनले रुसको भाग्य देशमा कति मानिस छन् भन्ने कुरामा निर्भर रहने बताए।

    उनले परिवारको सङ्ख्या बढाउन चाहने युवा पुस्तालाई सरकारले सहयोग गर्ने बताए। अहिलेसम्म कम्तीमा दुई बालबालिका भएका आमाले मातृत्व सेवा सहुलियत पाउँदै आएका छन्। न्यून आय भएका परिवारका तीनदेखि सात वर्ष उमेरसम्मका केटाकेटीले पनि सरकारी सुविधा पाउँछन्।

    जन्मदर बढाउन सङ्‍घर्ष
    रुस र कैयौँ पूर्वी युरोपेली देशहरू अहिले घट्दो जन्मदर बढाउन सङ्‍घर्ष गरिरहेका छन्। गत महिना मात्रै हङ्गेरीका प्रधानमन्त्रीले दम्पतीहरूलाई निशुल्क उपचार सेवा दिने र तीन वा बढी बच्चाका आमालाई कर छुट दिन सकिने प्रस्ताव गरेका थिए।

    रुसमा चार बच्चाका आमालाई अहिले पनि केही कर छुट दिइन्छ। सन् १९९० को दशकदेखि रुस नाटकीय रूपमा घटेको जन्मदर बढाउने प्रयासमा छ। सन् १९९९ मा रुसको जन्मदर दोस्रो विश्व युद्धको भन्दा कममा झरेर १ दशमलव १६मा झरेको थियो। बीबीसीबाट

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.