सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राष्ट्र र पार्टीका लागि सभापति देउवासँग नयाँ सपना छैन : महामन्त्री कोइराला


  •    न्युजभित्तो/२८ पुष २०७६, सोमबार २२:५१ 
  • झापा । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले १४औं महाधिवेशनबाट पार्टीको नेतृत्व परिवर्तन हुने बताउनुभएको छ । नेपाल प्रेस युनियन झापाले आज विर्तामोडमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले महाधिवेशनबाट पार्टीमा भएको गुटको अन्त्य गरेर एक ढिक्का भई अघि बढ्ने दावी गर्नुभयो ।

    उहाँले भन्नुभयो, “नेपाली काँग्रेसलाई एक ढिक्का बनाएको खण्डमा कसैले हराउन सक्दैन, हाम्रो हार भनेको हामी बिचकै तिक्तता र फुटका कारणले भएको हो ।” उहाँले पार्टी सभापति शेरबहादुर देउवा गुट समातेर सभापति भएको आरोप लगाउनुभयो । गुटभन्दामाथि उठेर सबैलाई समेटर लैजानसक्ने क्षमता पार्टी सभापतिमा नभएको उहाँले टिप्पणी गर्नुभयो ।

    उहाँले राष्ट्र र पार्टीका लागि देउवासँग नयाँ सपना नभएको उल्लेख गर्दै १४औँ महाधिवेशनले सक्षम, क्षमतावान र सपना भएको नेतृत्व चयन बारेमा रामचन्द्र पौडेल, शेखर कोइराला, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, रामशरण महतलगायतका नेतासँग छलफल भइरहेको बताउनुभयो ।

    महामन्त्री कोइरालाले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्ममा नेपाली काँग्रेसका लाखौंँ सफल कार्यकर्ता रहेका र उनीहरुलाई सही ढङ्गले परिचालन गर्न सक्षम नेतृत्व आवश्यक भएकामा जोड दिनुभयो । उहाँले पार्टीमा आन्तरिक समस्या भएका कारणले प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको बताउनुभयो । कार्यक्रममा पूर्वमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले सरकारले संविधान अनुसारको काम नगरेको आरोप लगाउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    • ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.