सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अमेरिका–इरान तनावबीच जापानी प्रधानमन्त्री मध्यपूर्व भ्रमणमा


  •    न्युजभित्तो/२६ पुष २०७६, शनिबार २२:५४ 
  • टोकियो । अमेरिका–इरान विवादबारे मध्यस्थताका लागि जापानी प्रधानमन्त्री सिन्जो आवेले शनिबार मध्यपूर्वको पाँच दिने भ्रमण सुरू गर्नुभएको छ । भ्रमणका क्रममा आवेले साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई) र ओमानका उच्च अधिकारीसँग भेटवार्ता गुर्नुहुने जापानी प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ । यी मुलुकले मध्यपूर्वको अवस्थालाई स्थिर गर्नसक्ने जापानको विश्लेषण रहेको छ ।

    प्रधानमन्त्री आवेले भन्नुभयो, “जापानको खाडी मुलुकहरू साउदी अरब, यूएई र ओमनसँगको मित्रतापूर्ण सम्बन्धका आधारमा त्यहाँका नेताहरूसँग मध्यपूर्वको राजनीतिक स्थिरताका लागि कूटनीतिक पहलका लागि आग्रह गर्नेछु ।”

    भ्रमण टोकियोले सामुद्रिक आत्मरक्षा बल (एमएसडीएफ) का अधिकारी र हार्डवेयरको लागि सूचना सङ्कलन अभियानपूर्व भएकोले पनि विशेष महत्वका साथ हेरिएको छ । अभियान ओमनको खाडी र अरबी सामुद्रिक क्षेत्रमा सञ्चालन हुने तय भएको छ ।

    प्रधानमन्त्री आवेले आफूले जापानी व्यवसायिक जहाजहरूको सुरक्षाको प्रत्याभूत गर्न ती खाडी मुलुकलाई जापानी अभियानको उद्देश्य बताउन र समर्थन प्राप्त गर्नका लागि भ्रमणलाई सदुपयोग गर्नुहुने अनुमान गरिएको छ । यस बाहेक अमेरिका र इरानबीच पछिल्ला केही दिन यता बढेको तनाब मथ्थर गर्न खाडी मुलुकहरूका नेताहरूसँग वार्ताहरू हुने जापानले बताएको छ । प्रधानमन्त्री आगामी बुधबार स्वदेश फर्किनुहुनेछ । एजेन्सीको सहयोगमा

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनबाट बाघ पर्सा पठाइयो
    मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता
    स्काउट विद्यार्थीलाई नेतृत्व विकास तालिम
    • विद्यालयका सवारीसाधनमा गति नियन्त्रण उपकरण जडान गरिँदै
    • ‘व्यावसायिक गतिविधि बढाउन र अर्थतन्त्रलाई चलायमान निजी क्षेत्रलाई प्रोत्साहन आवश्यक’
    • न्यायालयप्रति पूर्ण विश्वास छः निवर्तमान सभापति देउवा
    • साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.