सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘ए’ डिभिजन लिग : जाउलाखेललाई हराउँदै मच्छिन्द्र शीर्ष स्थानमा


  •    न्युजभित्तो/२६ पुष २०७६, शनिबार २२:३९ 
  • काठमाडौँ । मच्छिन्द्र क्लब जाउलाखेल युथ क्लबलाई हराउँदै शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा मच्छिन्द्रले जाउलाखेललाई १–० गोलले पराजित गरेको हो । मछिन्द्रका लागि विशाल राईले निर्णायक गोल गरे । उनले खेलको ३१औँ मिनेटमा डिबक्स बाहिरबाट प्रहार गरेको बल गोलमा परिणत भएको थियो । मच्छिन्द्र छ खेलबाट १३ अङ्क जोड्दै आफूलाई लिगको शीर्ष स्थानमा राख्न सफल भएको छ ।

    दशरथ रङ्गशालामा आज भएको अर्को खेलमा मनाङ मस्र्याङ्दीले हिमालयन शेर्पासँग गोलरहित बराबरी खेलेको छ । खेलको ७३औँ मिनेटमा मनाङका सुरज विकले रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए । उनले हिमालयनका स्टेफेन समीरलाई फल गरेपछि रातोकार्ड पाएका हुन् । लिगमा मनाङ १२ अङ्कका साथ दोस्रो स्थानमा छ । हिमालयनसँग गोलरहित बराबरी खेल्दा मनाङ शीर्ष स्थानमा उक्लिन असफल भएको हो । मनाङले बराबरी खेल्दा त्यसको ठूलो फाइदा मच्छिन्द्रलाई पुगेको छ । मनाङले हिमालयनसित गोलरहित बराबरी खेल्दा मच्छिन्द्र शीर्ष स्थानमा पुग्न सफल भएको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मत्स्यनारायण मन्दिरमा एकमहिने मेला सुरु
    सडकको सुरक्षा प्रत्येक नागरिकको दैनिकी र व्यवहारसँग जोडिएको छः सचिव सिग्देल
    पटक–पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै
    • म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती
    • एलपी ग्यास खरिदमा अर्बौ बाहिरिएपछि विद्युतीय चुह्लोमा अनुदान दिने सरकारको रणनीति
    • प्रजनन स्वास्थ्यमा कानुनी अड्चन हटाउन सरोकारवालाको जोड
    • पर्वतमा मदन स्मृति पुस्तकालय स्थापना

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.