सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

इराकको अनुरोध अमेरिकाद्वारा अस्वीकार


  •    न्युजभित्तो/२५ पुष २०७६, शुक्रबार २३:१० 
  • वाशिङ्टन । इराकी प्रधानमन्त्रीले वासिङ्टगटनलाई सेना फिर्ता गर्ने व्यवस्था सुरु गर्न प्रतिनिधिमण्डल पठाउन गरेको आग्रहलाई संयुक्त राज्य अमेरिकाले शुक्रबार अस्वीकार गरेको छ ।

    अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता मोर्गन ओर्टागसले भन्नुभयो, “यो समय मध्यपूर्वबाट सेना फिर्ता बोलाउने होइन । वासिङ्टनले आफ्ना सैनिक तथा कूटनीतिक अधिकारीलाई मध्यपूर्वमा कसरी आफ्ना रणनीतिक साझेदारसँग मिलेर काम गर्नेबारे सोचिरहेको छ ।”

    “अमेरिकाले अहिले सेना फिर्ता बोलाउने बिषयमा छलफल गर्दैन । तर हाम्रो आवश्यक तथा उपयुक्त बललाई मध्यपूर्वमा कसरी मिलाएर काम गर्ने बिषयमा सरसल्लाह हुनसक्छ ।”

    अमेरिकाले इराकको राजधानी बग्दादस्थित एक विमानस्थल नजिकै इरानी विशेष सुरक्षा बलका प्रमुख जनरल कासिम सुलेमानीलाई ड्रोनमार्फत गरेको आक्रमणमा एक इराकी लडाकू समूहका नेतासहित छ जनाको मृत्यु भएको थियो ।

    यस बिषयलाई लिएर इरान अमेरिकाविरुद्ध थप आक्रोशित देखिएको छ भने अमेरिका तथा इरानको द्वन्द्वका कारण इराकलाई प्रभाव पर्ने भन्दै इराकी संसदले अमेरिकी सेनालाई फिर्ता पठाउने निर्णय गरिसकेको छ । तर अमेरिका इराकबाट तत्काल फर्किन मानिरहेको छैन ।

    सुलेमानीको हत्याको बदला भन्दै इरानले इराकस्थित अमेरिकी सैनिक शिविरमा बुधबार हवाई आक्रमण गरेको थियो । एजेन्सीको सहयोगमा

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनबाट बाघ पर्सा पठाइयो
    मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता
    स्काउट विद्यार्थीलाई नेतृत्व विकास तालिम
    • विद्यालयका सवारीसाधनमा गति नियन्त्रण उपकरण जडान गरिँदै
    • ‘व्यावसायिक गतिविधि बढाउन र अर्थतन्त्रलाई चलायमान निजी क्षेत्रलाई प्रोत्साहन आवश्यक’
    • न्यायालयप्रति पूर्ण विश्वास छः निवर्तमान सभापति देउवा
    • साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.